इरान युद्ध लम्बिँदा आर्थिक वृद्धिदर २ प्रतिशतभन्दा तल झर्न सक्ने आईएमएफको चेतावनी
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले इरान युद्ध लामो समयसम्म जारी रहँदा र ऊर्जा मूल्य उच्च भइरहेमा विश्व अर्थतन्त्र मन्दीतर्फ धकेलिन सक्ने चेतावनी दिएको छ । आईएमएफको ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदनअनुसार युद्धले विश्व अर्थतन्त्रमा पुनः अस्थिरता बढाएको छ। विशेषगरी होर्मुज जलमार्ग अवरुद्ध हुँदा ऊर्जा आपूर्तिमा गम्भीर असर परेको उल्लेख गरिएको छ ।
तेल, ग्यास र खाद्य पदार्थको मूल्य आगामी वर्षसम्म उच्च रहिरहेमा सन् २०२६ मा विश्वव्यापी आर्थिक वृद्धिदर दुई प्रतिशतभन्दा तल झर्न सक्ने चेतावनी दिइएको छ । आईएमएफका मुख्य अर्थशास्त्री पियरे–ओलिवियर गोरिनचासले भने, यसले विश्वमा मन्दीसरहको अवस्था सिर्जना गर्न सक्छ, जसका कारण बेरोजगारी बढ्नेछ र खाद्य असुरक्षा गहिरिनेछ ।
गम्भीर परिदृश्यमा यस वर्ष तेलको औसत मूल्य प्रतिब्यारेल ११० डलर र सन् २०२७ मा १२५ डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । यससँगै २०२७ मा विश्वव्यापी मुद्रास्फीति दर ६ प्रतिशतसम्म पुग्न सक्ने उल्लेख छ ।
एक्सप्रेस
सम्बन्धित खबर
कुवेत आक्रमणमा नेपालीको निधन, परराष्ट्र मन्त्रालयद्वारा कूटनीतिक पहल र संयमताका लागि आह्वान
काठमाडौँ । उत्तरपूर्वी कुवेतको सिमाना नजिक इरानद्वारा सञ्चालित ड्रोन आक्रमणका क्रममा एक निर्दोष नेपाली नागरिकको ज्यान गएपछि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै उक्त घटनाको कडा शब्दमा भर्त्सना गरेको छ ।
सर्वसाधारण नागर...
होर्मुज स्ट्रेटमा इरानले नयाँ प्रणाली लागू गर्ने, कुवेत र यूएईलाई कडा चेतावनी
काठमाण्डौँ । इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले आफ्नो देशले चाँडै नै रणनीतिक महत्त्वको होर्मुज स्ट्रेटबाट हुने जहाज आवतजावतका लागि नयाँ प्रणाली लागू गर्न लागेको घोषणा गरेका छन् । शनिबार सञ्चारमाध्यमहरूसँ...
धरौटी राखेर भिसा लिने यात्रुका लागि अमेरिका प्रवेशबिन्दु थप, क्यानडा हुँदै पनि जान पाइने
काठमाण्डौँ । अमेरिकी विदेश मन्त्रालयले तोकिएको धरौटी राखेर बी१–बी२ भिसा लिने नेपालसहित विभिन्न देशका नागरिकहरूका लागि अमेरिका प्रवेश गर्न र त्यहाँबाट बाहिरिन अध्यागमन बिन्दुहरू थपेर कुल नौ वटा बनाइएको जनाएको छ। तीमध्ये दुइटा क्यानडामा छन् ।<...
पेट्रोल र डिजेल कारमा लगाउने भनिएको प्रतिबन्ध फिर्ता लियो ईयूले, स्पेनका प्रधानमन्त्रीको कडा आलोचना
काठमाडौँ । युरोपेली सङ्घ ईयूले सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने आफ्नो पूर्ववत् निर्णयबाट पछि हटेको छ ।
यस कदमको स्पेनका प्रधानमन्त्री पेड्रो...
जापानमा चौबिसै घण्टा सेवा दिने स्वचालित मेसिन संकटमा
काठमाडौँ । जापानको गल्ली–गल्ली र पर्यटकीय क्षेत्रमा देखिने चर्चित ‘भेन्डिङ मेसिन’ संस्कृति अहिले गम्भीर चुनौतीको घेरामा परेको छ। विश्वभर बढ्दो मूल्यवृद्धिको बाछिटाले जापानको यो स्वचालित खुद्रा व्यापारलाई पनि नराम्ररी प्रभावित पारेको छ ।
कुनै...
आणविक परीक्षण शुरू गर्न सकिने ट्रम्पको सङ्केतले थपियो चिन्ता
काठमाडौँ । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न सहयोग गर्दै आएको यो व्यवस्था कमजोर बन्दै जाँदा अन्तर्राष्ट्रिय सुरक्षा कवचहरू खस्किँदै गएको व...



