वीरगन्जमा अवैध गोदाममा छापा, तस्करको आक्रमणबाट तीन प्रहरी घाइते
काठमाडौँ । पर्साको वीरगन्जमा अवैध रूपमा सञ्चालित गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–१० मा रहेको गोदाममा सोमबार बिहान कारबाहीका लागि पुगेको टोलीमाथि आक्रमण भएको हो । आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा कपडा भण्डारण गरिएको सूचनाका आधारमा सशस्त्र प्रहरीले छापा मारेको जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं। १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सो गोदामबाट करिब सात लाख रुपैयाँ मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ।
कपडा नियन्त्रणमा लिएपछि तस्कर समूह आक्रोशित बनेर आक्रमणमा उत्रिएको प्रहरीले जनाएको छ । उनीहरूले ढुंगामुढा गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सशस्त्र प्रहरीका दुई वटा सवारी साधनमा समेत क्षति पुगेको छ । घटनापछि थप अनुसन्धान र आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
पशुपतिमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
काठमाण्डौँ । शिवरात्रिमा पशुपतिमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मकवानपुरका २५ वर्षीय रिजन श्रेष्ठलाई पक्राउ गरेको हो। उनी काठमाडौँ बस्दै आएका थिए ।
शिवरात्रीमा उनले पशुपतिम...
सिरहा-३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
काठमाडौँ । मौन अवधिमा पैसासहित सिरहा क्षेत्र नम्बर ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । प्रहरीका अनुसार नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र २०२००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति साढे १२ बजे...
पूर्वसचिव सङ्गीता मिश्रविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर
काठमाडौँ । पूर्वसचिव डा सङ्गीता मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दाको समयमा गरिएको खरिद प्रक्र...
चोरीको गाडी प्रयोग गर्दै मधेस प्रदेश ट्राफिकका एसपी सिलवाल
रौतहट । मधेस प्रदेशका ट्राफिक प्रमुख राजकुमार सिलवाल विवादको घेरामा परिरहने एक प्रहरी अधिकृत हुन् । विभिन्न समयमा कारबाहीमा परेका उनी अहिले पुनः चोरीको गाडी काण्डमा मुछिएका छ्न् । त्यसो त सिलवालले मधेस प्रदेशका ट्राफिक...
काठमाडौंका विभिन्न स्थानमा लुटपाट गर्ने १० जना नियन्त्रणमा
काठमाडौँ । काठमाडौं उपत्यकामा रातको समयमा बढिरहेको लुटपाट र आतंकका घटनालाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ । मूलपानीमा बुधबार राति प्रहरीले विशेष अभियान चलाएर १० जना लुटेरा पक्राउ गरेको काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएक...
वीरगञ्जमा आज दिउँसो १ बजेसम्म कफ्र्यु थप
वीरगञ्ज । वीरगञ्जमा जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कफ्र्यु आदेश थप गरेको छ । यसअघि सोमबार बेलुका ६ बजेदेखि मङ्गलबार बिहानसम्म कफ्र्यु लागू गरिएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार व...



