बुधबार, ३१ असार २०८३
नेपाली

तोकिएको मितिमा चुनाव नभए प्रतिनिधिसभा पुन: स्थापना हुनुपर्छ : प्रवक्ता महत

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले अन्तरिम सरकारले समयमै निर्वाचन गराएर नयाँ संसद् गठन गर्न नसके विघटित प्रतिनिधिसभा पुन स्थापना गर्नुपर्ने बताएका छन् । उनले निर्वाचन ढिलाइ हुँदा संवैधानिक अन्यौल बढ्ने भन्दै त्यसबाट जोगिन वैकल्पिक बाटो अपनाउनुपर्ने धारणा राखे ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको ४३औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै प्रवक्ता महतले निर्वाचन नै पहिलो प्राथमिकता भएको स्पष्ट गरे ।

‘निर्वाचनबाट संसद् बनाउनु पर्‍यो। त्यो सरकारले सक्दैन भने संसद् पुनस् स्थापनाबाट हुनुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने, ‘अहिलेको स्थिति यही हो।’ उनले सरकारले २१ फागुनमा निर्वाचन गर्नुपर्नेमा जोड दिँदै नेपाली कांग्रेस त्यसका लागि तयार रहेको बताए । ‘जनताले जे म्यान्डेट दिन्छन्, जनताको जे इच्छा हुन्छ, त्यो इच्छा संसदमा प्रकट हुन्छ,’ महतले भने, ‘त्यो संसद्ले आवश्यक सुधारदेखि संवैधानिक सुधारका विषयहरू अघि बढाउँछ ।’

उनका अनुसार २१ फागुनमा निर्वाचन हुन नसके संसद् पुनस् स्थापनाको प्रक्रिया अघि बढ्नेछ । ‘अब होइन भनेदेखि संसद पुन स्थापनाको बाटोमा जान्छ । संसदले सरकार बनाउँछ,’ उनले भने, ‘त्यसले फेरि चाँडै निर्वाचन गर्छ । ०८४ सम्म कुर्नुपर्दैन, २०८३ मै निर्वाचन हुन्छ ।’ संवैधानिक संरचनामा लामो समयसम्म शून्यता रहनु खतरनाक हुने उल्लेख गर्दै उनले छिमेकी देश बंगलादेशको पछिल्लो अवस्थाबाट नेपालले पाठ सिक्नुपर्ने बताए ।


mediabaaji add

सम्बन्धित खबर

सन्तोष परियारले रास्वपा छाडे

काठमाडौँ । विघटित प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक रहेका नेता सन्तोष परियारले रास्वपा छाडेका छन् । उनले पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटोलाई राजीनामा बुझाएका...

हिन्दुराष्ट्रदेखि २०८७ सम्म मध्यम आयको लक्ष्य : राष्ट्रिय प्रजातन्त्र पार्टी को ‘संकल्प पत्र’ सार्वजनिक

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको संघारमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै दीर्घकालीन राष्ट्रिय मार्गचित्र अघि सारेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन ले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ‘सं...

निर्वाचन आयोगले सुरु गर्‍यो समानुपातिक बन्द सूची संकलन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु हुँदैछ। निर्वाचन आयोगले कार्यतालिका अनुसार सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएको जनाएको छ । आयोगका अनुसार आज...

प्रचण्डको क्षेत्रमा एमालेको अर्कै दलसँग गठबन्धन

काठमाडौँ । एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टीसँग केही स्थानमा गठबन्धन गर्ने भएको छ । रुकुम पूर्व र पश्चिममा नेकपा एमाले र प्रगतिशिल लोकतान्त्रिक पार्टी प्रलोपालाई सघाउने भएको हो ।

एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपा अध्यक्ष दुर्...

राज्यका सबै संरचनामा अपांगता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् । अपांगता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वद...

दुर्गा प्रसार्ईं थुनामुक्त

काठमाडौँ । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त भएका छन् । प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले रिट जारी गरेसँगै उनी थुनामुक्त भएका हुन् । प्रसाईंलाई गैरकानु...