शनिबार, ३० जेठ २०८३
नेपाली

प्रधानमन्त्रीज्यू आउनुहुन्न भने रक्षामन्त्रीलाई बोलाइदिनुस् : साम्पाङ

Main News Image

काठमाण्डौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले रक्षामन्त्रीलाई प्रतिनिधि सभामा उपस्थित गराउन सभामुखसँग माग गरेका छन् । उनले सुस्ता क्षेत्रसँग सम्बन्धित सीमा विवादको विषयमा जवाफ दिन प्रतिनिधि सभामा रक्षामन्त्रीको उपस्थिति खोजेका हुन् । ‘यस बेला नेपालका रक्षामन्त्री कहाँ छन् ? प्रधानमन्त्रीज्यू आउनुहुन्न भने अब रक्षामन्त्रीलाई बोलाइदिनुस्,’ उनले भने, ‘सभामुख महोदयले रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्‍यो । हामी दुई–चार वटा प्रश्न सोध्न चाहन्छौँ।’

साम्पाङले नवलपरासीस्थित सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल ९एसएसबी० का सुरक्षाकर्मीहरू नेपाली भूभागमा आएको र स्थानीय नेपालीमाथि दुर्व्यवहार गरेको बताए । ‘सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइहरूमाथि हप्कीदप्की गरेको र नेपाली दाजुभाइहरू आफ्नो भूमिका लागि लड्दै गरेको भिडियो आएका छन्,’ उनले भने । 


mediabaaji add

सम्बन्धित खबर

रास्वपाले रोजगारी र मध्यम वर्गीय परिवारलक्षित वाचापत्र ल्याउने

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता शिशिर खनालले आगामी निर्वाचनमा रास्वपाले रोजगारी र मध्यम परिवारलाई लक्षित गरेर आफ्‌नो दलका वाचापत्र ल्याउने बताएका छन् । जेनजी आन्दोलन पछिको मूख्य माग नै रोजगार भए...

गगन नेतृत्वको कांग्रेसले समानुपातिक सूची संशोधन गर्ने

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको छ । बिहीबार ललितपुरमा बसेको पहिलो केन्द्रीय समिति बैठकले विशेष महाधिवशेनले गरेका निर्णयलगाएत बिषयमा निर्वाचन आयोगमा अद्य...

गुल्मी–१ मा सागर ढकाल विजयी, प्रदीप ज्ञवाली पराजित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार सागर ढकाल फराकिलो मतान्तरसहित विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार, ढकालले २९ हजार ६४२ मत प्राप्त गरेका छन् । उनका निकटतम...

विवादको भूमरीमा कांग्रेस, आज केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ। बैठक बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो । असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन केन्द्रित रहेकाले निष्...

आजदेखि कांग्रेसको विशेष महाधिवेशन

काठमाण्डौँ । नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच आज पुस २७ गते विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदै छ । पुस २७ र २८ गते हुने विशेष महाधिवेशन काठमाडौँस्थित भृकुटीमण्डपमा आज दिउँसो १ बजे उद्घाटन हुने तय भएको छ ।

सार्वजनिक बिदाका दिन पनि बैंक तथा वित्तीय संस्थाले आवश्यक सेवा दिन्छन् : निर्वाचन आयोग

काठमाण्डौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । यही फागुन २१ गतेका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर...