षड्यन्त्रमा लागेर निर्वाचन आयोगले गलत निर्णय गरेमा देशव्यापी आन्दोलनमा जान्छौँ : पूर्णबहादुर खड्का
काठमाण्डौँ । नेपाली कांग्रेसको आधिकारिता आफूहरूले नपाएमा देशव्यापी आन्दोलनमा जाने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताएका छन् ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसको आधिकारिताबाट अन्यथा निर्णय नगर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्। ‘निर्वाचन आयोगले तलमाथि भएर, षडयन्त्रमा परेर अन्याथ निर्णय ग¥यो भने आन्दोलन गर्नु बाहेक विकल्प हुनेछैन,’ खड्काले भने ।
आफूहरूको निर्वाचन आयोगमा विश्वास रहेको उनको भनाइ थियो। तर, बाहिर भइरहेका चर्चाले आशंका उब्जिएको बताउँदै खड्काले आन्दोलन गर्ने चेतावनी दिएका हुन्। ‘आन्दोलनमा जान हामी बाध्य नपरारियोस्,’ उनले भने । सञ्चारमाध्यम र बाहिर भइरहेको चर्चाले आयोगप्रति शंका उब्जाएको उनको भनाइ थियो। ‘गलत तरिकाले निर्णय नगरियोस्,’ कार्यवाहक सभापति खड्काले भने । आफूहरू जिम्मेवारीपूर्वक निर्वाचनको तयारीमा लागिरहेको बताए। तर, गतल निर्णय भएमा निर्वाचन छोडेर आन्दोलनमा उत्रिने उनको चेतावनी थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
८० वटै मेसिनको मुचुल्का तयार गरिँदै, सर्वपक्षीय बैठकपछि मात्रै नतिजा घोषणा
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको कार्य बिहीबार बिहान सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचन समितिले अहिले मतदानमा प्रयोग भएका ८० वटै विद्युतीय भोटिङ मेसिनहरूको मुचुल...
समानुपातिकमा रास्वपाको एक सिट घट्ने संकेत
काठमाडौँ । देशैभरी समानुपातिकतर्फको मतगणना जारी छ । आज बिहान सबेरैसम्मको गणनाअनुसार रास्वपाले ५८ सिट पाउने देखिएको थियो । तर, बिहान १० बजेपछिको अपडेडले रास्वपाले ५७ सिट मात्रै पाउन सक्ने संकेत गरेको छ । १० बजेको अपडेटमा रास्वपाको मत अनुपात घटेर ४७...
प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौं : उज्यालो नेपाल पार्टी
काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन, २०८२ को समग्र समीक्षा तथा आगामी राजनीतिक कार्यदिशा निर्धारण गर्न दुई दिने विशेष समीक्षा कार्यक्रम गरेको छ । फागुन २९ र ३० गते पार्टीको केन्द्रीय कार्यालयमा भएको छलफलमा अधिकांश वक्ताहरुले प्र...
को हुन् जेनजी आन्दोलन भड्काउने टीओबी समूह ?
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन भड्काएको आरोप लागेका तिब्बतीयन ओरिजिनल ब्लड टीओबी समूह नेपाली बाइक राइडरहरूको समूह भएको खुलेको छ । उक्त समूहका एक जना दाबा लामाबाहेक सबै नेपाली रहेको प्रहरीले निष्कर्ष निक...
प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना सम्बन्धी जाहेरी दर्ता
काठमाडौँ । राजदूत फिर्ता बोलाउने सरकारी निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको आरोपमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतकी पूर्वप्रधानन्या...
हर्कलाई लक्षित गर्दै कुलमानले भने : म मात्र ठीक भनेर हुन्न,नयाँ सबै मिल्नुपर्छ
काठमाडौँ । ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले चुनावपछिको सरकारको नेतृत्व नयाँ दलले गर्नुपर्ने बताएका छन् । त्यसका लागि सबै मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ । बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रश्नको जवाफ दिँदै उनले चुनाव नै वर...



