शुक्रबार, ०१ साउन २०८३
नेपाली

षड्यन्त्रमा लागेर निर्वाचन आयोगले गलत निर्णय गरेमा देशव्यापी आन्दोलनमा जान्छौँ : पूर्णबहादुर खड्का

Main News Image

काठमाण्डौँ । नेपाली कांग्रेसको आधिकारिता आफूहरूले नपाएमा देशव्यापी आन्दोलनमा जाने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताएका छन् । 

शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसको आधिकारिताबाट अन्यथा निर्णय नगर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्। ‘निर्वाचन आयोगले तलमाथि भएर, षडयन्त्रमा परेर अन्याथ निर्णय ग¥यो भने आन्दोलन गर्नु बाहेक विकल्प हुनेछैन,’ खड्काले भने ।

आफूहरूको निर्वाचन आयोगमा विश्वास रहेको उनको भनाइ थियो। तर, बाहिर भइरहेका चर्चाले आशंका उब्जिएको बताउँदै खड्काले आन्दोलन गर्ने चेतावनी दिएका हुन्। ‘आन्दोलनमा जान हामी बाध्य नपरारियोस्,’ उनले भने ।  सञ्चारमाध्यम र बाहिर भइरहेको चर्चाले आयोगप्रति शंका उब्जाएको उनको भनाइ थियो। ‘गलत तरिकाले निर्णय नगरियोस्,’ कार्यवाहक सभापति खड्काले भने । आफूहरू जिम्मेवारीपूर्वक निर्वाचनको तयारीमा लागिरहेको बताए। तर, गतल निर्णय भएमा निर्वाचन छोडेर आन्दोलनमा उत्रिने उनको चेतावनी थियो ।


mediabaaji add

सम्बन्धित खबर

चमतीमा रास्वपाको शपथ ग्रहण : सभापति लामिछानेसहितका नेताहरू केन्द्रीय कार्यालयमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोह केहीबेरमा आयोजना हुँदैछ । चमतीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने यस विशेष शपथ ग्रहण समारोहमा सहभागी हुनका लागि रास्वपा सभापति रवि...

संसद्को चालु अधिवेशन शुक्रबारदेखि अन्त्य हुने

काठमाडौँ । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्ने भएका हुन् । शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संसद्को संयुक्त सद...

प्रतिनिधि सभा निर्वाचन : प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको कार्य सुरु भएको छ । मतपत्र छपाइ प्रक्रियाको अनुगमन तथा निरीक्षणपछि कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सोमबार पत्रकार सम्मेलनमार्फत यससम्बन्धी जानकारी दिएका हुन...

माइतीघरमा जेनजीहरूको धर्ना

काठमाडौँ । जेनजी आन्दोलनका पीडितलाई न्याय, पुनर्स्थापना र आन्दोलनलाई वैधानिकता प्रदान गरी कानुनी सुरक्षा दिनुपर्ने माग राख्दै माइतीघरमा जेनजीहरूले धर्ना दिएका छन् ।

परिवार र घाइतेको...

दुर्गा प्रसाईं २५ दिनसम्म प्रहरी हिरासतमा बस्ने

काठमाडौँ । भक्तपुरस्थित आफ्नै निवासबाट मध्यरात पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याएको कसुरमा मुद्दा चलाइने भएको छ । यो कसुरमा बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने कानूनी व्यवस्था छ ।

<...

सामाजिक संजाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

काठमाडौँ । सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता भएको छ । सरकारको राष्ट्रिय सभामा विचाराधीन यो विधेयक फिर्ता गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयलाई सोमबार राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको हो । आजको बैठकमा सभाका अध्यक्ष ना...