बुधबार, २४ भदौ २०८३
नेपाली

त्रिशूलीमा फेला परेका पहिचान नखुलेका शव डिएनए नमुना लिएर चैनपुर जङ्गलमा व्यवस्थापन गरिँदै

Main News Image

दमौली । भोटेकोशीमा आएको भीषण बाढीका कारण देवघाटस्थित त्रिशूली नदीमा फेला परेका तर हालसम्म पहिचान हुन नसकेका शवहरू व्यास नगरपालिका ५ स्थित चैनपुर जङ्गल क्षेत्रमा व्यवस्थापन गरिने भएको छ ।

भविष्यमा आफन्तले दाबी गर्न आएमा पहिचान गर्न सकिने गरी शवहरूको व्यवस्थापन गर्न लागिएको तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए। उनले शव व्यवस्थापन गर्नुअघि सबै कानुनी तथा वैज्ञानिक प्रक्रियाहरू पूरा गरिएको स्पष्ट पारे ।

प्रशासनका अनुसार शव पहिचानका लागि डिएनए  नमुना संकलन, तस्बिर तथा अन्य आवश्यक विवरणहरू सुरक्षित राखिएपछि मात्र व्यवस्थापनको काम अघि बढाइएको हो। तनहुँ क्षेत्रमा हालसम्म ३७ वटा शव फेला परेकामा २४ वटा पोखरा पठाइएको छ भने १४ वटा शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

आजदेखि २४ घण्टाभित्र लाइसेन्स प्राप्त गरिने व्यवस्था

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका ५ स्थित सुरक्षण मुद्रण केन्द्र्र पुगेर सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिएका छन् । निरीक्षणका क्रममा सञ्चारमन्...

भोटेकोशी बाढीको १३औं दिन : राष्ट्रिय शोकमा देश, झण्डा आधा झुकाइने

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले आज सोमबार देशभर राष्ट्रिय शोक मनाउँदै छ ।

घटनाको १३औँ दिनमा शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाउन देशभरका सरकारी कार्...

निर्वाचनका लागि काठमाडौं छाड्नेहरूको संख्या ८ लाख नाघ्यो

काठमाडौँ । आगामी निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या उल्लेख्य वृद्धि भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार मतदान गर्न र घर फर्किन हालसम्म करिब ८ लाख मानिसले उपत्यका छाडिसकेका छन् ।

निर्वाचनको सुरक्षा...

काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौँ ।  देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ । यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झन्डै ९ डिग्री सेल्सियसमा झरिसकेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज बिहान ५ः४५ बजेको माप...

नारायणहिटी हत्याकाण्डको २५ वर्ष, इतिहासकै त्यो रहस्यमय दिन

काठमाडौँ । नेपालको इतिहासकै सबैभन्दा कहालीलाग्दो र रहस्यमय घटनाका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहसहित उनको सम्पूर्ण परिवारको हत्या भएको यस ऐतिहासिक दिनको सम्झनामा आज देशका वि...

लोप हुने अवस्थामा पुग्यो माघीमा नाचिने थारू समुदायको ‘ढुम्री’ नाच

काठमाण्डौँ । थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन रातभर ढुम्री नाच्ने चलन थियो । गाउँका थारू समुदायका अगुवा वा महतवाको घरमा जम्मा हुने र रातभर ढुम्री गीत गाउने र नाच्ने चलन थियो । गीत गाउने, नाच्ने र रातभर आगो ताप्ने चलन थियो...