आईसीसीले स्कटल्यान्डलाई दियो मौका, बंगलादेश विश्वकपबाट बाहिर
काठमाडौँ । स्कटल्यान्ड आईसीसी टी–२० वरीयतामा १४औँ स्थानमा छ । र, अघिल्लो विश्वकपमा स्कटल्यान्डको प्रदर्शन राम्रो थियो । सन् २०२१ को विश्वकपमा स्कटल्यान्डले बंगलादेशलाई नै हराएको थियो । सोही प्रदर्शनका आधारमा स्कटल्यान्डलाई मौका दिइएको हो । स्कटल्यान्ड अब समूह ‘सी’मा रहनेछ । उक्त समूहमा वेस्टइन्डिज, इटाली, इंग्ल्यान्ड र नेपाल छन् । स्कटल्यान्डले आफ्ना सुरुआती तीन खेल कोलकातामा खेल्नेछ । अन्तिम खेल मुम्बईमा खेल्ने तालिका छ ।
बंगलादेश विश्वकपबाट बाहिर
आईसीसी ट्वान्टी–२० विश्वकपबाट बंगलादेश बाहिरिएको छ । बंगलादेशको स्थानमा आईसीसीले स्कटल्यान्डलाई समावेश गरेको छ । दुबईमा भएको बैठकका क्रममा आईसीसीका अध्यक्ष जय शाहले यो निर्णय लिएका हुन् । आईसीसीले आफ्नो सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएको छ ।
बिहीबार आईसीसीले दिएको २४ घण्टाको समयसीमाका बाबजुद बंगलादेश सरकारले भारतमा खेल्न अस्वीकार गरेको थियो । त्यसपछि आईसीसीले यो कदम चालेको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
खेलकुदमन्त्री गुप्ताको अमेरिका भ्रमण रद्द, तत्काल राजीनामा पनि नदिने
काठमाण्डौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पछिल्लो समय विवादमा तानिएका छन् । मन्त्रालय सम्हालेको छोटो समयमै गुप्ता अमेरिका भ्रमणलाई लिएर विवादित बनेका हुन् । गुप्ता जेनजीको कोटाबाट मन्त्री बनेको चर्चा छ । मन्त्री गुप्तालाई गैरआवासीय नेपाली स...
रोहित बने विश्वकै सबैभन्दा बढी छक्का हान्ने खेलाडी
काठमाडौँ । भारतीय क्रिकेटर रोहित शर्मा एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी बनेका छन् । दक्षिण अफ्रिकाविरुद्ध राँचीमा भइरहेको एक दिवसीय क्रिकेटमा तीन ओटा छक्का प्रहार गरेसँगै रोहित विश्वकै सर्वाधिक छकका...
१६ वर्षपछि स्पेन विश्वकपको क्वाटरफाइनलमा, पोर्चुगल पराजित
काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक तथा निकै प्रतिस्पर्धात्मक खेलमा स्पेनले पोर्चुगललाई १(० ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। यस पराजयसँगै उपाधि दाबेदार मानिएको पोर्चुगलको विश्वकप यात्रा भने नकआउ...
नर्वेसँग पराजित भएपछि नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
काठमाडौँ । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तिम १६को खेलमा नर्वेसँग २,१ गोल अन्तरले पराजित भएसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ। यस स्तब्धपूर्ण हारलगत्तै ब्राजिलका स्टार फरवार्ड नेयमारले भावुक बन्दै अन्तर्राष्ट्रिय फुटबलबाट आफ्नो सन्यासको...
टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै
काठमाडौँ । टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो । दुवै टिमले प्रत...
आइसिसी वुमन्स टी-२० विश्वकप : नेपाल लगातार दोस्रो खेलमा पराजित
काठमाडौँ । आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले २ रनको झिनो अन्तरले पराजित गरेको हो।



