शुक्रबार, ०१ साउन २०८३
नेपाली

सर्लाही-४ लाई मुलुक कै उत्कृष्ट क्षेत्र बनाउँछु : गगन थापा

Main News Image

सर्लाही । नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले आफ्नो क्षेत्रलाई उत्कृष्ट बनाउने बताएका छन् । सर्लाही ४ का मतदातालाई सम्बोधन गर्दै उनले आफ्नो सम्पूर्ण तागत लगाएर क्षेत्रको विकास गर्ने बताए । 

थापाले भने ‘साथीहरूसँग म जोडिन जान्छु । उहाँहरूको तागत म प्रयोग गर्दै जान्छु । अनि बाहिर मैले बनाएको जुन सम्बन्ध छ, त्यो सम्बन्ध बनाएको आधारमा म उनीहरूलाई के भन्ने हो भने । मेरो क्षेत्र यो हो अब । यहाँको शिक्षामा मैले काम गर्नुछ, यहाँको स्वास्थ्यमा मैले काम गर्नुछ, यहाँको कृषिमा मैले काम गर्नुछ । यहाँको खेतमा मैले काम गर्नुछ, सिँचाइमा मैले काम गर्नुछ ।’

आफ्नो राजनीतिक यात्राबारे प्रस्ट पार्दै अझै ८,१० वर्ष सक्रिय राजनीतिमा रहने थापाले बताए । यस अवधिमा सर्लाही ४ लाई उदाहरणीय क्षेत्र बनाउने उनको भनाइ छ।

mediabaaji add

सम्बन्धित खबर

मधेसमा मतदाता नामावली दर्ता गर्नेको भीड, कुन जिल्लामा कतिले गराए अद्यावधिक ?

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मधेसका जिल्लाहरूमा मतदाता नामावली अद्यावधिक गराउने नागरिकको भीड दिनानुदिन बढ्दै गएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्लाहरूमा निर्व...

कांग्रेसले देशलाई नयाँ उचाइमा पुर्‍याउने क्षमता राख्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन नजिकिँदै गर्दा मतदाताले गम्भीर भएर निर्णय लिनुपर्ने बताएका छन् । दाङको घोराहीमा आयोजित जिल्लास्तरीय भेलामा बोल्दै उनले भने, ०६४ मा झैँ गल्ती गर्ने कि ०७० मा झैँ विवेक पुर्‍याउने ?...

ओलीलाई फागुन २१ को निर्वाचनमा लतारेर ल्याउनुपर्छ : घनश्याम भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका संयोजक घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फागुन २१ गतेको चुनावमा सबै मिलेर लतारेर ल्याउनुपर्ने बताएका छन् । ओलीकै कारण चुनाव बिथोलिनसक्ने भन्दै नेता भुसालले उनलाई...

जेनजीहरुले विरोध प्रदर्शन गर्ने भएपछि माइतीघर क्षेत्रमा सुरक्षाकर्मी तैनाथ

काठमाण्डौँ । जेनजी अगुवा मिराज ढुङ्गाना समूहले सोमबारबाट सुरु गर्न लागेको विरोध प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौंको माइतीघर क्षेत्रमा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ । प्रदर्शनका लागि युवाहरुको संख्या बढ्ने देखिएपछि सुरक्षा निकायले सतर्कता अपनाएको...

नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्न दुर्गा प्रसाईंको अपिल

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रासाईले राष्ट्र र राष्ट्रियताप्रति खतरनाक गतिविधिमा संलग्न एनजिओ र आइएनजिओहरूको भण्डाफोर गर्न आम नेपाली जनतालाई सचेत गराएका छन् । उनले विगत तीन वर्षदेखि यस्ता गतिविधिहरू सार्वजनिक गर...

गृह मन्त्रालयले गर्‍यो ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय

काठमाडौँ । सुरक्षा व्यवस्था माथि चुनौती दिन सक्ने भन्दै गृह मन्त्रालयले ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन...