वैशाख १ गते मात्र फुल्ने फूलबारीमा बिहानैदेखि घुइँचो
काठमाडौँ । सिराहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारीमा आज नयाँ वर्ष २०८३ को अवसरमा भव्य मेला लागेको छ । हरेक वर्ष वैशाख १ गते मात्र फुल्ने विश्वास गरिने दुर्लभ सुनाखरी फूलको दर्शन गर्न र पूजाअर्चना गर्न आज बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ । लहान नगरपालिका–१२ र २२ मा फैलिएको करिब नौ बिघाको यस फूलबारीमा रहेको हारमको रूखमा आज बिहानैदेखि सुनाखरी फूल ढकमक्क फक्रिएको छ ।
१४औँ शताब्दीका लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमको प्रतीक मानिने यो फूल हेर्न नेपालका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतीय सहरहरूबाट हजारौँको सङ्ख्यामा भक्तजनहरू आइपुगेका छन् ।
मेला व्यवस्थापन समितिका अध्यक्ष दशमीलाल चौधरीका अनुसार बिहान ४ बजेदेखि नै मन्दिरमा पूजा गर्नेहरूको लामो लाइन लागेको छ । तराईको पासवान समुदायका इष्टदेव मानिने राजा सलहेशको पूजा गर्दा मनले चिताएको पुग्ने, निःसन्तानहरुलाई सन्तान प्राप्ति हुने तथा विभिन्न रोग व्याधिबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
मिथिलाञ्चलमा माघे संक्रान्तिको तयारी गरिँदै
काठमाडौँ । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माघे संक्रान्ति पर्वको भव्य तयारी भइरहेको छ । माघे संक्रान्ति पर्व मिथिलाञ्चलमा तिला संक्रान्ति पर्वका नामले पनि प्रसिद्ध छ । यहाँका लोकभाषामा तिला संक्रान्ति भनिन्छ भने कतै कतै तिला संक्रायत पनि भनिन्...
बिहानै हल्लायो पूर्व, ताप्लेजुङ र पाँचथरको सीमामा केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ । ताप्लेजुङ र पाँचथरको सीमामा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मिनेट जाँदा चार दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठो...
तिहार मनाउन ६ लाख मानिसले उपत्यका छोड्ने अनुमान, राजमार्गमा अब सास्ती बेहोर्नु नपर्ने !
काठमाण्डौँ । शनिबारदेखि शुरू भएको तिहारका लागि करिब ६ लाख मानिसहरू काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको सङ्ख्या बढ...
वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज
काठमाडौँ । वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको छ । यसअघि परीक्षण शुल्क छ हजार ५०० बाट बढाएर नौ हजार ५०० पुर्याएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै...
नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने, खाना र वस्तुको विशेष प्रदर्शनी
काठमाडौँ । नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँवर्षलाई अन्तरराष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले आज दिउँसो काठमाडौँ महान...
शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा
काठमाडौँ । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाट...


