छानबिन समितिमा बयान दिन लुरुलुरु जान्नँ : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिमा बयान दिन नजाने स्पष्ट पारेका छन् । आइतबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा उनले छानबिन समितिमा बोलाइए पनि सहजै प्रस्तुत नहुने बताएका हुन् । कसैले बोलाउँदैमा म लुरुलुरु बयान दिन जाने भन्ने हुँदैन, यो हुन सक्दैन, अध्यक्ष ओलीले भने । केपी ओलीले सोझो छ भन्दैमा आयोगहरू जहाँ–जहाँ बनाउँदै, सोध्दै जान्छ । जसले बोलाउँदै जान्छ, त्यहाँ लुरुलुरु गएर बयान दिँदै हिँड्ने काम हो ? त्यस्ता काम केपी ओलीले गर्दैन । कुनै भ्रममा आफैँलाई धोका दिने काम ओलीले गर्दैन, उनले भने ।
कतिपयलाई लाग्ला, केपी ओलीलाई थुन्न सकिन्छ । अपराध हो त्यो । गर्न सकिएला, परिणाम जे होला, उनले भने । उनले आफू लोकतन्त्रमा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै लोकतन्त्रको रक्षाका लागि निरन्तर सक्रिय रहने पनि बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
डा. निकोलस भुसाल पक्राउ
काठमाडौँ । विवादित अभिव्यक्ति दिँदै आएका डा। निकोलश भुसाल पक्राउ परेका छन् । प्रधानमन्त्री सुशीला कार्की, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध विवादित अभिव्यक्ति दिइरहेक...
संघीय मामिलामन्त्री प्रतिभा रावल र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भए...
एकैदिन ९ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको छ । यस्तै, राष्ट्रियसभाको बैठक शुक्रबारका लागि निर्धारण गरिएका कारण आज एकै पटक धेरै समितिका बैठक बस्न लागेका हुन् ।
...
‘पद होइन, जिम्मेवारी प्राथमिकता हो’ — कुलमान घिसिङको स्पष्टोक्ति
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले सरकारमा सहभागी भएको विषयलाई लिएर उठेका प्रश्नप्रति सार्वजनिक रूपमा धारणा राखेका छन् । सरकारबाट बाहिरिएपछि विभिन्न टिप्पणी आउन थालेपछि उनले आफूले सुरुदेखि नै स्पष्ट अडान...
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
काठमाडौँ । निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमहरुले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवं सूचनाको प्रवाह गर्न आग्रह गरेका छन् ।
चितवन-३ बाट रेनु दाहालको मनोनयन दर्ता
काठमाडौँ । चितवन क्षेत्र नम्बर ३ मा नेकपा उम्मेदवार रेनु दाहालले मनोनयन दर्ता गराएकी छन् । दाहालले रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । उम्मेदवारी दिनुअघि दाहालले मंगलबार बिह...



