शुक्रबार, २६ भदौ २०८३
नेपाली

म सबै छानबिनका लागि तयार छु : प्रचण्ड

Main News Image

काठमाण्डौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन् ।  शनिबार पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको बताएका हुन् । आफूमाथि हुने सबै छानबिका लागि आफू तयार रहेको उनको भनाइ थियो । 

‘मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै चोटी भनिसकेँ,’ सञ्चारकर्मीको प्रश्नको उत्तरमा प्रचण्डले भने, ‘तपाईंहरूले बुझ्नु हुन्न कि के होरु सम्पूर्ण छानबिनका लागि म तयार छु ।’ प्रचण्डले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको बताए । त्यसको सामना गर्न आफू नडराउने उनको भनाइ थियो ।  त्यस्तै, सञ्चारकर्मीले वर्तमान सरकारको कार्यशैलीबारे पनि सोधेका थिए। त्यसमा भने प्रचण्डले अहिले नै टिप्पणी गर्ने बेला नभएको बताए । 


mediabaaji add

सम्बन्धित खबर

दाइजोसहितको विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा

काठमाडौँ । उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने कुनै पनि विवाहमा सहभागी नहुने घोषणा गरेकी छन् । विवाहको सिजन चलिरहँदा आफूले प्राप्त गरेका निमन्त्रणापत्रमा ‘दहेज मुक्त विवाह’ उल्लेख नभएकोप्रति उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएकी ह...

बालिका गरिमा चौधरीको अभिभावकसँग सरकारले गर्‍यो तीनबुँदे सहमति

काठमाडौँ । सिमरामा हत्या गरिएकी बालिका गरिमा चौधरीको आमा-बुवासँग सरकारले तीनबुँदे सहमति गरेको छ । गृह मन्त्रालयमा भएको वार्तापछि सरकारले तीनबुँदे सहमति गरेको हो । शनिवार गृहमन्त्री सुधन गुरुङले हत्या गरिएकी बालिकाको अभिभावकलाई वार्ताका लागि सिमराब...

फागुन २१ को चुनावमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुने तयारी गरेको छ ।  आगामी फागुन २१...

हर्क साम्पाङलाई जानकी मन्दिर प्रवेशमा ‘हिन्दु सम्राट सेना’को अवरोध

जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको जनकपुरधाम भ्रमणअघि आइतबार जानकी मन्दिर परिसरमा तनाव उत्पन्न भएको छ। साम्पाङलाई स्वागत गर्न पुगेका उनका समर्थक र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच धकेलाधकेल भएपछि सुरक्षा संवेदनशीलतालाई ध्य...

वडाध्यक्षबाट मालिस गराउने गाउँपालिका अध्यक्षले दिए राजीनामा, कार्यपालिकाद्वारा स्वीकृत

जनकपुरधाम । वडाअध्यक्षबाट मालिस गराएर विवादमा आएका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले राजीनामा स्वीकृत गरेको उपाध्यक्ष...

राहदानी विभाग भ्रष्टाचार प्रकरण : महानिर्देशक अर्याल र निर्देशक केसी चार दिन थुनामा

काठमाडौँ । विशेष अदालतले राहदानी छपाइमा भ्रष्टाचार गरेको आरोप लागेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।

विशेष अद...