हुन्डी कारोबारी गुप्ता जेल चलान
पर्सा । पर्सा जिल्ला अदालतले सङ्गठित रूपमा हुण्डीमार्फत कारोबार गर्ने वीरगञ्ज महानगर–१ बस्ने प्रशान्तकुमार गुप्तालाई सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले पर्सा प्रहरीले सङ्गठित रूपमा हुण्डीमार्फत कारोबार गर्ने गुप्तालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जानकारी दिए ।
“पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न गुप्तालाई पुस १७ गते पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो”, उनले भने, “अभियुक्त गुप्ताले भारतको रक्सौलबाट नेपाली रकम हुण्डी कारोबारमार्फत नेपालमा ल्याई विभिन्न बैंक खाताहरुमा रकम जम्मा गरी बैंक खातामा चेक तथा फोन पे मार्फत रकमान्तर गरेर रकम लुकाउने वा बदल्ने अभियोगमा अदालतमा मुद्दा दायर गरेका थियौँ ।”
पर्सा प्रहरीले पक्राउ परेका प्रतिवादी गुप्तासँग रु एक अर्ब ७९ करोड २१ लख १५ हजार ८०० बिगो दाबी गरेको छ । त्यस्तै कुल विगो भने दुई अर्ब ४१ करोड ७८ लाख २३ हजार ३७८ कायम गरेर गरिएको जनाइएको छ । प्रहरीले गुप्ताबाट रू ३३ लाख ५९ हजार दुई सय ५५ रकम जफत गरेको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
एम्बुलेन्समा गाँजा तस्करी, तस्कर समाउन प्रहरीले चलायो गोली
विराटनगर । मोरङमा एम्बुलेन्स प्रयोग गरी गाँजा ओसार पसार गरेको पाइएको छ । प्रहरीले गाँजा कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ । आइतबार राति करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई फायर गरी एम्बुलेन्समा लोड...
विशेष ट्राफिक चेकिङमा २८ सवारी साधनका चालक कारबाहीमा
काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष सवारी जाँच अभियानका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २८ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाडौंको बल्खुस्थित कुमारी क्लब अगाडि विशेष चेकिङ अभि...
‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही
काठमाडौँ । काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा नियम उल्लङ्घन नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत राइड सेयरिङ सेवामा संलग्न १७५ जना चालक कारबाहीमा परेका छन् । उपत्यका...


