शनिबार, ०२ साउन २०८३
नेपाली

हुम्लामा बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना

Main News Image

काठमाडौँ । आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन इआइएको काम अगाडि बढाइएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले इआइएको काम अगाडि बढाएको हो। सो आयोजना रुरु जलविद्युत् परियोजनाले निर्माण गर्ने छ ।

आयोजना हुम्लाको खार्पूनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा अवस्थित छ ।  वन तथा वातावरण मन्त्रालयले यसअघि नै सार्वजनिक सूचनामार्फत इआइएमा आवश्यक सुझा तथा सल्लाह दिन आग्रह गरिसकिएको जनाएको छ । आयोजना निर्माणका लागि कूल ४७ दशमलव १३ हेक्टर जमिन आवश्यकता पर्ने छ। विद्युत् उत्पादनअन्तर्गत ५० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाकाका लागि वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने प्रावधान रही आएको छ । सोहीअनुसार इआइएको काम अगाडि बढाइएको र हाल मन्त्रालयले आवश्यक अध्ययन गरिरहेको छ।

नदी प्रवाहमा आधारित सो आयोजना कर्णाली नदी बेसिनको एक प्रमुख आयोजना हो। बाह्रेमासे हिम नदीका रूपमा परिचित हुम्ला कर्णालीमा निर्माण हुने भएकाले पनि यस आयोजनालाई महत्त्वपूर्ण रूपमा हेरिएको हो ।

mediabaaji add

सम्बन्धित खबर

नेपालमा विपद्को घटनाबाट नौ महिनामा चार सय २४ को मृत्यु

काठमाडौँ । नेपालमा गत वैशाखदेखि हालसम्मको अवधिमा विपद्का घटनाले ठूलो जनधनको क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा देशभर कुल ५ हजार ९६६...

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस हो । विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसंघको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ । स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स...

काठमाडौँमा लगातार चिसो बढ्दो, न्यूनतम तापक्रम थप घट्यो !

काठमाण्डौँ । काठमाडौँ उपत्यकामा लगातार न्यूनतम तापक्रम घटेको छ भने चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो । अझ यो सुरुवाती मापन मात्र हो...

उपत्यकामा पुष ७ गते शैक्षिक हड्ताल घोषणा, १२ बुँदे माग अघि सार्दै जनपक्षीय विद्यार्थी युनियन

काठमाडौँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शिक्षा, न्याय र स्वतन्त्रताका सवालमा सरकार गम्भीर नभएको आरोप लगाउँदै पुष ७ गते काठमाडौं, ललितपुर र भक्तपुरमा उपत्यकाव्यापी शैक्षिक हडताल घोषणा गरेको छ । केन्द्रीय समितिद्व...

मेलम्चीको पानी पूर्ण रूपमा रोकियो

काठमाडौँ । आफ्ना माग पुरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् । मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठ...

पाल्पामा रोकेर यात्रु ओराल्ने क्रममा जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु

पाल्पा । नवलपरासीको अरुणखोलाबाट पाल्पाको रामपुर आउँदै गरेको जिप मित्याल अरुणखोला सडक अन्तर्गत निस्दी ४ मित्याल चिउरेबासको पहिलो घुम्ती नजिक एकल फुक्सीमा रोकेर मान्छे झार्ने क्रममा भिरबाट तल खसेको छ । स्थानीयका अनुसार झ...