आइतबार, २८ भदौ २०८३
नेपाली

कस्तो छ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको ‘गोबर गणेश’ को ट्रेलर ?

Main News Image

काठमाण्डौँ । कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा समाजमा काम वा वर्गका आधारमा गरिने विभेदलाई समेटिएको छ ।

ट्रेलरको गणेश पात्रबाट गरिएको छ, जो पढाईमा कमजोर हुँदा समाजमा हेपिएकोदेखि सानो काम गरेको व्यक्ति हुन्। उनै गणेश पात्रको काठमाडौंको यात्रा, त्यहाँ भोग्नुपर्ने संघर्ष र उताडचडावको कथालाई ट्रेलरमा प्रस्तुत गरिएको छ। हास्यरस र भावना मिसिएको ट्रेलर मार्मिक पनि रहेको छ।  फिल्मको ट्रेलरमा बल्छीसँगै वर्षा शिवाकोटी लगायतका कलाकारलाई देख्न सकिन्छ ।

‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका बल्छी धुर्बेले टेलिचलचित्र निर्देशन गरेका थिए । उनले बनाएका टेलिश्रृंखला ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन्। बल्छी धुर्बे फिल्मस्को प्रस्तुति रहेको यस फिल्ममा उनकै कथा रहेको छ ।  फिल्ममा विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतको अभिनय छ। यो फिल्म आगामी माघ १ गतेबाट नेपालभरका हलमा रिलिज हुँदैछ । 

mediabaaji add

सम्बन्धित खबर

आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

काठमाडौँ । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो...

प्रेमको स्पन्दन दिने चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना …’ सार्वजनिक

काठमाडौँ । प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना ‘’ सार्वजनिक गरिएको छ। केन्द्र मोसन पिक्चर्सबाट डिजिटल प्रिमियर गरिएको यो गीतमा केहर सिं लिम्बुको स्वर रहेको छ। यसमा शब्द सुमन तामाङको रहेको छ भने सङ्गीत सुमन र केहरको रहेको छ।...

दुई वर्षपछि फिल्ममा फर्किइन् साम्राज्ञी, एक्का मिस्सी बादशाह घोषणा

काठमाण्डौँ । फिल्म एक्का मिस्सी बादशाहको निर्माण घोषणा गरिएको छ । सञ्जय राईको डेब्यु निर्देशनमा बन्ने फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहनेछिन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले कलाकार तथा प्राविधिक टोली सार्वज...

कंगाल करोडपतिमा मुकुनसँग जोडी बाँध्दै सलिना

काठमाण्डौँ । अभिनेत्री सलिना तामाङ फिल्म कंगाल करोडपतिमा अभिनेता मुकुन भुसालको अपोजिट मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यस फिल्ममार्फत सलिनाले नेपाली फिल्म उद्योगमा डेब्यू गर्न लागेकी हुन् ।

निर्माण टि...

२२ वर्षपछि तीज गीतमार्फत गायिका संगीता भण्डारीको पुनरागमन

काठमाडौँ । हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा तीज गीतको रौनक बढेको छ । यसै क्रममा गायिका संगीता भण्डारी २२ वर्षपछि तीज गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा पुनः फर्किएकी छन् ।

लोकप्रिय गीतकार डीपी...

विजय थापाको निर्देशनमा "आँसु बिक्ने सहर" सार्वजनिक

काठमाण्डौँ । गायक तथा निर्देशक विजय थापाको स्वरमा सजिएको नयाँ आधुनिक गीत आँसु बिक्ने सहर सार्वजनिक भएको छ । विजय थापाको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । 

माया र विछोडको भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको गीतमा श...