सुरक्षाखबरको मञ्चमा कर्तव्यनिष्ठ सुरक्षाकर्मी र समाजसेवीको सम्मान
काठमाण्डौँ । शान्ति–सुरक्षा र उत्तरदायी पत्रकारिताबीच पुलको काम गर्दै आएको सुरक्षाखबर डटकमले आफ्नो यात्राको पहिलो वर्ष पूरा गरेको छ । पहिलो वार्षिकोत्सवका अवसरमा संस्थाले सुरक्षा क्षेत्रमा जोखिम मोलेर सेवा गरिरहेका सुरक्षाकर्मी तथा समाजका विभिन्न क्षेत्रका सरोकारवालालाई सार्वजनिक रूपमा सम्मान गर्दै कृतज्ञता व्यक्त गरेको छ ।
एक वर्षको अवधिमा भएका उल्लेखनीय कामको स्मरण गर्दै आयोजित कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य सुरक्षा निकायमा रहेर उदाहरणीय कार्य गरेका अधिकृतदेखि जवानसम्मलाई कदरपत्र र दोसल्लासहित सम्मान गरियो। कार्यक्रममा कपिलवस्तुका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डे, सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश कुमार खड्का, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब निरीक्षक प्रविण डिसी तथा लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जका प्रहरी सहायक निरीक्षक नवीन कुमार शाही सम्मानित भए ।
जल उद्धार र विपद् व्यवस्थापनमा सक्रिय भूमिका खेलेका शम्शेरगन्जस्थित सशस्त्र प्रहरी बलका गोताखोर मोहन बिष्ट, रोशन केसी र प्रमेश्वर थारु को योगदानलाई पनि विशेष रूपमा स्मरण गरियो। ट्राफिक व्यवस्थापनमा प्रभावकारी कार्य गरेबापत ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक नन्द कुमार पोखरेल र प्रहरी नायब निरीक्षक रबिन्द्र बहादुर बम लाई सम्मान प्रदान गरिएको थियो ।
त्यस्तै, बर्दियाका प्रहरी सहायक निरीक्षक लक्ष्मण अधिकारी र सहायक हवल्दार पूर्ण बिसी तथा शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य लाई पनि सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवाल ले सुरक्षाकर्मीहरूको त्याग र निस्वार्थ सेवाकै कारण समाजमा शान्ति र सुशासन सम्भव भएको उल्लेख गरे। उनले सञ्चार माध्यमले सुरक्षा निकायका सकारात्मक काम उजागर गर्दा नागरिकको विश्वास अझ बलियो बन्ने बताए ।
नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश तथा जिल्ला नेतृत्व, सुरक्षा निकायका प्रमुख, पत्रकार र सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सुरक्षाखबर मिडिया प्रालिका अध्यक्ष गौरव गिरी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा समिरमान श्रेष्ठ ले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन विनोद गौतम ले गरेका थिए । वार्षिकोत्सवकै अवसरमा सम्मानित सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डे ले बाँकेको जयबागेश्वरी बाल संरक्षण केन्द्र लाई रु. १० हजार सहयोग गर्दै कार्यक्रमलाई मानवीय स्पर्श दिएका थिए ।
सहभागीहरूले सुरक्षाखबरको पहलले सुरक्षाकर्मीको मनोबल बढाउनुका साथै सञ्चार र सुरक्षा निकायबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
जेनजी आन्दोलनमा प्रहरी कार्यालयमा आगजनी र प्रहरीमाथि कुटपिट : थप दुई आरोपी पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरा...
गुरुङ र किलो १ को शङ्कास्पद कुराकानी !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद सुधन गुरुङले जेनजी आन्दोलनको चरम दिन भदौ २४ गते काठमाडौँका उपत्यका (किलो १) का तत्कालीन प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीसँग पटक–पटक टेलिफोन संवाद गरेको तथ्य सार्वजनिक भएको छ।।
मधेस प्रहरीका घुमुवा तानिए छानबिनमा, तस्करीसँग जोडिएको आरोप
वीरगञ्ज । प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश प्रहरी मातहत कार्यरत ३१ जना घुमुवा प्रहरीलाई छानबिनका लागि तानेको छ । प्रधान कार्यालय, प्रशासन शाखाको पत्रपछि उनीहरूलाई केन्द्रमा बोलाइएको हो । स्रोतका अनुसार सीमा नाकामा हुने अवैध ओसारपसार व्यवस्थापन...
ट्राफिक नियम उल्लंघनको महँगो मूल्य : एकै दिन २२ लाख ७४ हजार जरिवाना असुल
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ...
वैदेशिक रोजगारीमा कडाइ, सेवा शुल्क अब अनिवार्य बैंकिङमार्फत मात्रै
काठमाडौँ । वैदेशिक रोजगार विभाग ले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत भुक्तान गर्न आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको विभागले ठगी नियन्त्रण, आर्थिक कारोबारम...
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन
काठमाडौँ । पछिल्लो २४ घण्टामा दुई हजार जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा रु २० लाख चार हजार १४ राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुस...



