बिहिबार, ०४ भदौ २०८३
नेपाली

सुरक्षाखबरको मञ्चमा कर्तव्यनिष्ठ सुरक्षाकर्मी र समाजसेवीको सम्मान

Main News Image

काठमाण्डौँ । शान्ति–सुरक्षा र उत्तरदायी पत्रकारिताबीच पुलको काम गर्दै आएको सुरक्षाखबर डटकमले आफ्नो यात्राको पहिलो वर्ष पूरा गरेको छ । पहिलो वार्षिकोत्सवका अवसरमा संस्थाले सुरक्षा क्षेत्रमा जोखिम मोलेर सेवा गरिरहेका सुरक्षाकर्मी तथा समाजका विभिन्न क्षेत्रका सरोकारवालालाई सार्वजनिक रूपमा सम्मान गर्दै कृतज्ञता व्यक्त गरेको छ ।

एक वर्षको अवधिमा भएका उल्लेखनीय कामको स्मरण गर्दै आयोजित कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य सुरक्षा निकायमा रहेर उदाहरणीय कार्य गरेका अधिकृतदेखि जवानसम्मलाई कदरपत्र र दोसल्लासहित सम्मान गरियो। कार्यक्रममा कपिलवस्तुका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डे, सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश कुमार खड्का, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब निरीक्षक प्रविण डिसी तथा लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जका प्रहरी सहायक निरीक्षक नवीन कुमार शाही सम्मानित भए ।

जल उद्धार र विपद् व्यवस्थापनमा सक्रिय भूमिका खेलेका शम्शेरगन्जस्थित सशस्त्र प्रहरी बलका गोताखोर मोहन बिष्ट, रोशन केसी र प्रमेश्वर थारु को योगदानलाई पनि विशेष रूपमा स्मरण गरियो। ट्राफिक व्यवस्थापनमा प्रभावकारी कार्य गरेबापत ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक नन्द कुमार पोखरेल र प्रहरी नायब निरीक्षक रबिन्द्र बहादुर बम लाई सम्मान प्रदान गरिएको थियो ।

त्यस्तै, बर्दियाका प्रहरी सहायक निरीक्षक लक्ष्मण अधिकारी र सहायक हवल्दार पूर्ण बिसी तथा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य लाई पनि सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवाल ले सुरक्षाकर्मीहरूको त्याग र निस्वार्थ सेवाकै कारण समाजमा शान्ति र सुशासन सम्भव भएको उल्लेख गरे। उनले सञ्चार माध्यमले सुरक्षा निकायका सकारात्मक काम उजागर गर्दा नागरिकको विश्वास अझ बलियो बन्ने बताए ।

नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश तथा जिल्ला नेतृत्व, सुरक्षा निकायका प्रमुख, पत्रकार र सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सुरक्षाखबर मिडिया प्रालिका अध्यक्ष गौरव गिरी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा समिरमान श्रेष्ठ ले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन विनोद गौतम ले गरेका थिए । वार्षिकोत्सवकै अवसरमा सम्मानित सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डे ले बाँकेको जयबागेश्वरी बाल संरक्षण केन्द्र लाई रु. १० हजार सहयोग गर्दै कार्यक्रमलाई मानवीय स्पर्श दिएका थिए ।

सहभागीहरूले सुरक्षाखबरको पहलले सुरक्षाकर्मीको मनोबल बढाउनुका साथै सञ्चार र सुरक्षा निकायबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

पोखरामा तास खेल्ने–खेलाउनेसहित २० जना पक्राउ

काठमाडौं । पोखराका विभिन्न ठाउँमा जुवातास खेल्ने खेलाउने २० जना पक्राउ परेका छन् । कास्की प्रहरीको टोलीले तीन ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । जुवातास खेलिरहेको गोप्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । पोखरा ९ नयाँबजारबाट ५ जना पक्राउ...

चितवनका एसपी पुरी र डिएसपी खनालको एकैसाथ सरुवा !

मिडियाबाजी डटकम काठमाडौँ जेठ २, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरी र प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र खनालको एकैसाथ सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले हिजो (शुक्रबार) एकसाथ देशभरका ४६ एसपी र १४९ डिए...

सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा दुई पक्षीय झडपपछि उत्पन्न तनाव थप भड्किएपछि स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरेको छ । जारी कर्फ्यु आदेशको प्रवाह नगरी सोमबार बिहानैदेखि प्रदर्शनकारीहरूले सडकमा टा...

‘नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र ट्राफिक अग्रपङ्क्तिमा’

काठमाडौँ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी सीडीओ ईश्वरराज पौडेलले नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी अग्रपङ्क्तिमा रहेको बताएका छन् । सोमबार उपत्यका ट्राफिक प्रहरीलाई म्याजिक लाइट हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सडक सुरक्षा, यात्...

अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानि गर्न लगाउने र पैसा आएको छैन भन...

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चालकसहित ४ जना प्रहरी नियन्त्रणमा

काठमाण्डौँ । काठमाडौँको  सितापाइलामा  ट्राफिक सप्ताह  अन्तर्गत  आज ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा  लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ४ जना चालकहरू नियन्त्रणमा आएका छन् । जसमा यात्रुवाहक बसका चालक ३  जना&n...