आइतबार, २८ भदौ २०८३
नेपाली

९,००० एमएएच ब्याट्रीसहितको नयाँ स्मार्टफोन ल्याउँदै अनर

Main News Image

काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले ९,००० एमएएच क्षमताको ब्याट्रीयुक्त स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ । चिनियाँ टिपस्टर ‘डिजिटल च्याट स्टेसन’का अनुसार उक्त स्मार्टफोनमा सिलिकन कार्बन प्रविधिको ब्याट्री प्रयोग गरिनेछ । यसअघि यस वर्ष विभिन्न ब्रान्डहरूले सिलिकन कार्बन ब्याट्रीसहितका स्मार्टफोन सार्वजनिक गरिसकेका छन् ।

 फलस्वरूप, अहिले ६,००० एमएएच भन्दा माथिको ब्याट्री भएका स्मार्टफोनहरू बजारमा सामान्य बन्दै गएका छन् । अनरले केही महिनाअघि मात्रै ७,२०० एमएएच क्षमताको अनर जीटी प्रो नामक मोडेल बजारमा ल्याएको थियो ।

प्राप्त जानकारीअनुसार नयाँ ९,००० एमएएच ब्याट्री फोनलाई स्न्यापड्रागन सिरिजको फ्ल्यागशिप चिपले पावर दिनेछ । यद्यपि, यो स्न्यापड्रागन ८ एलिट जेन ५ हो वा स्न्यापड्रागन ८ जेन ५ भन्ने विषयमा स्पष्टता छैन । हालसम्म अनरले यसबारे औपचारिक जानकारी दिएको छैन । तर कम्पनीले नयाँ म्याजिक ८ सिरिज स्मार्टफोन र केही नयाँ ट्याबलेट सार्वजनिक गर्ने तयारी गरेको छ । तीमध्ये एक ट्याबलेट स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेटद्वारा सञ्चालित हुने बताइएको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

मनसुनको प्रभाव कायमै, आज कुन–कुन प्रदेशमा हुनेछ वर्षा ?

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्...

नारायणघाट-बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नारायणघाट । बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ ।

जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणघाट–बुटवल सड...

सवारी दुर्घटना : क्षतिपूर्ति र उपचार खर्च तिर्न नसके जेल पठाउन मिल्दैन

काठमाडौँ । सवारी दुर्घटनाका पीडितलाई खुवाउनुपर्ने औषधि उपचार खर्च, किरिया खर्च र क्षतिपूर्ति भराउने प्रयोजनका लागि माग गरिएको धरौटी बुझाउन नसकेकै आधारमा अभियुक्तलाई थुनामा राख्नु गैरकानुनी हुने सर्वोच्च अदालतले ठहर गरेको छ । सर्वोच्च अदालतको पूर्ण...

मौसम प्रतिकूल बन्दा गोसाइँकुण्ड गएका तीर्थयात्रु प्रभावित

काठमाण्डौँ । रसुवाको उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका छन् । लौरिविनायकदेखि कुण्ड क्षेत्रसम्म बाक्लो कुहिरो लागेपछि हवाईसेवा अवरुद्ध हुँदा हवाई आवाग...

काठमाडौँ उपत्यका तुवाँलोले ढाकियो, तर उडान र यातायातमा तत्काल असर छैन

काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार बिहानदेखि तुवाँलो फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान १० बजेपछि उपत्यकाको आकाशमा देखिएको धुम्म वातावरण तुवाँलो हेजका कारण भएको हो । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बिहान १० बजेसम्म उपत्यकामा...

मौसम पूर्वानुमान : देशभर बदली र वर्षा गराउने नयाँ मौसमी प्रणाली सक्रिय

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ ।  तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ ।

बागमत...