बिहिबार, ३२ असार २०८३
नेपाली

गृहमन्त्री ओमप्रकाश अर्यालका १०० दिनः जेनजी राहतदेखि निर्वाचन तयारीसम्म

Main News Image

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको संवेदनशील राजनीतिक परिस्थितिमा गृह मन्त्रालयको नेतृत्व सम्हालेका गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यभार सम्हालेको १०० दिन पूरा भएको छ । यस अवधिमा गृह मन्त्रालयले जेनजी आन्दोलन व्यवस्थापन, राहत, शान्ति–सुरक्षा, सुशासन, निर्वाचन तयारी र सेवा प्रवाह सुधारमा उल्लेखनीय काम गरेको छ ।

जेनजी आन्दोलनः राहत र सम्मानमा सरकारको पहल

जेनजी आन्दोलनमा ज्यान गुमाएका ४२ जना सुशासन योद्धा र ३ अमर प्रहरीलाई सहिद घोषणा गरी मृतकका परिवारलाई प्रति परिवार १५ लाख रुपैयाँ राहत वितरण गरिएको छ । आन्दोलनमा घाइते भएका ७३७ जनालाई घाइते परिचयपत्र प्रदान गरिएको छ भने घाइतेलाई तत्काल राहत, भइपरी खर्च तथा मासिक जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ल्याइएको छ । सरकारले प्रत्येक वर्ष भदौ २३ गते ‘जेनजी सहिद दिवस’ मनाउने निर्णय गरेको छ भने जेनजी सहिदहरूको सालिक संसद भवन अगाडि स्थापना गर्ने प्रस्ताव अघि बढाइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

उपचारका लागि देउवा दम्पती सिंगापुर प्रस्थान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । उनी सोमबार राति पत्नी आरजु राणासहित उपचारका लागि सिंगापुर गएका हुन् । देउवा दम्पती सोमबार राति सिंगापुर एयरलाइन्समार्फत सिं...

परराष्ट्रमा हाजिर लगाउँछन्, घाम ताप्छन् र घर फर्कन्छन् राजदूतहरू

काठमाडौँ । सरकारले विभिन्न ११ देशबाट फिर्ता बोलाएका राजदूतहरू परराष्ट्र मन्त्रालयमा हाजिरी लगाउँछन् अनि चौरमा घाम तापेर घर फर्कन्छन् । वर्तमान सरकारले गत कात्तिक १७ गते ११ देशका नेपाली राजदूतहरूलाई कात्तिक २० गतेदेखि प...

माओवादी केन्द्र र एकीकृत समाजवादी बीचको एकता अन्तिम चरणमा

काठमाडौँ । वामपन्थी घटकबीच एकता गर्ने प्रयास तीव्र भइरहेका बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच पार्टी एकीकरणको प्रारूपमा सहमति नजिक पुगेको छ । पार्टीको नाम, नीति तथा नेतृत्वबारे दुवै पक्षबीच करिब सहम...

रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँ : सुशीला कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेको बताएकी छन् । सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्ष...

बिहीबारदेखि माइतीघरमा धर्ना : देशभरका जेनजी एकताबद्ध हुन आह्वान

काठमाडौँ । जेनजी समूहहरूबीच एकता कायम गर्न र शहीदहरूको बलिदान नबिर्सन आग्रह गर्दै शुक्रबार माइतीघर मण्डलमा ‘जेनजी युनाइटेड’ नामक समूहले प्रदर्शन गरेको छ । प्रदर्शनमा युवा, बालबालिका र शहीद परिवारका सदस्यहरू...

राजुनाथ पाण्डेले काठमाडौँ–३ बाट गरे उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजनाथ पाण्डेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन् । बस्नेत मंगलबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता...