गृहमन्त्री गुरुङ अचानक विराटनगरमा
विराटनगर । गृहमन्त्री सुदन गुरुङ सिमा क्षेत्रको सुरक्षा अवस्था र छड्के अनुगमनका लागि शनिबार अचानक विराटनगर आइपुगेका छन् । बुद्ध एयरको जहाजबाट शनिबार बिहान ११,०७ बजे मन्त्री गुरुङ कुनै पनि औपचारिक कार्यक्रमविनौ पर्यटकको भेषमा विराटनगर विमानस्थलमा ओर्लिएका हुन्।
गृहमन्त्री काठमाडौंबाट अचानक विराटनगरतर्फ उडेको सूचना पाएपछि स्थानीय सुरक्षा निकायका उच्च अधिकारीहरू हतारहतार स्वागत तथा सुरक्षा व्यवस्थापनका लागि विमानस्थल पुगेका थिए। मन्त्री गुरुङ आउने पूर्वसूचना नहुँदा सुरक्षा संयन्त्रभित्र केही बेर खैलाबैला मच्चिएको थियो।
मोरङका प्रमुख जिल्ला अधिकारी सिडिओ युवराज कट्टेलका अनुसार गृहमन्त्री गुरुङले विराटनगर आइपुगेलगत्तै सबै सुरक्षा निकायका प्रमुखहरूसँग सिमा क्षेत्रको सुरक्षा अवस्था, गस्ती र चुनौतीबारे जानकारी ब्रिफिङ लिइरहेका छन्। ब्रिफिङ सकिएलगत्तै आजै गृहमन्त्री गुरुङले नेपाल(भारत सिमावर्ती जोगवनी नाका र आसपासका सिमा क्षेत्रको प्रत्यक्ष अवलोकन तथा भ्रमण गर्ने कार्यक्रम रहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सरकारले संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने
काठमाडौँ । सरकारले संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंसिर २ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री...
प्रधानमन्त्री र सरकारबारे अहिले नै समीक्षा गर्ने अवस्थामा पुगेका छैनौँ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० र सरकारको कामबारे समीक्षा गर्ने अवस्थामा पार्टी नपुगेको बताएका छन् ।
सुनसरीको देवानगञ्ज घटनापछि आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग...
केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै
काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज आइतबार बस्दै छ । बैठक आइतबार दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो। गृह मन्त्री ओम प्रकाश अर्यालले शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन् ।
<...जेनजी पुस्ताले इतिहासबाट सिक्नुपर्छ, आफैँबाट इतिहास सुरु भयो भन्नु गलत : स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले जेनजी पुस्ताले इतिहासबाट ज्ञान लिएर अगाडि बढ्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले इतिहासबाट केही सिकेनौ भने इतिहास नै दोह...
राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कँदै
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कँदै छन् । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मंगलबार सम्बोधन गरेका...
समानुपातिकतर्फ ७५ लाख ७५ हजार १९३ गणना हुँदा रास्वपालाई ३६ लाख ७२ हजार २६५ मत
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्यांककअनुसार आज विहान ६ बजे सम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३६ लाख ७२...



