कर्जा उठाउन ऋणीको घर–घर जाने बैंकका कर्मचारीलाई पक्राउ गर्न गृहको परिपत्र
काठमाडौँ । ऋण असुलीका क्रममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक यातना दिने, दुर्व्यवहार गर्ने वा गैरकानूनी दबाब सिर्जना गर्ने बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कारबाही गर्न गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी सीडीओलाई निर्देशन दिएको छ
मन्त्रालयले मन्त्रिपरिषद्को गत भदौ १२ गतेको निर्णयअनुसार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै ऋण असुलीका नाममा हुने गैरकानूनी गतिविधि नियन्त्रण गर्न र त्यस्ता कार्यमा संलग्न व्यक्ति तथा संस्थामाथि प्रचलित कानूनबमोजिम कारबाही अघि बढाउन निर्देशन दिएको हो ।
नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’बीच भदौ ६ गते भएको सहमति कार्यान्वयन गर्ने क्रममा गृह मन्त्रालयले उक्त परिपत्र जारी गरेको जनाएको छ । मन्त्रालयका शाखा अधिकृत दिनेश न्यौपानेले हस्ताक्षर गरेको पत्रमा ऋण असुलीका क्रममा गरिने अमर्यादित तथा गैरकानूनी गतिविधिलाई स्पष्ट रूपमा निषेध गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
साहस ऊर्जा र एनआरएन इन्फ्रास्ट्रक्चरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डमा दिए आवेदन
काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले हकप्रद निष्कासनको अनुमति मागेका छन् । साहस ऊर्जा लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले शतप्रतिशत दरले हकप्रद सेयर निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।
साहस ऊर्ज...
होटल पार्क ल्याण्डले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दियो आवेदन
काठमाडौँ । होटल पार्क ल्याण्ड लिमिटेडले आईपीओ निष्कासन अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल १५ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदी तोलामा ५० रुपैया...
सुनको मूल्य तोलामा ३६ सयले घट्यो !
काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार ९असार १०० सुनको मूल्य तोलामा ३६ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, यस दिन सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबा...
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
काठमाण्डौँ । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६...
सुनको मूल्य ३ लाख नाघ्यो, तोलाको कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । यो कीर्तिमानी मूल्य हो ।
आज एकैदिन सुनको भाउ प्रतितोला ९ हजार २ सय रुपैयाँ बढे...



