बिहिबार, ३२ असार २०८३
नेपाली

बंगलादेशमा हिन्दू नेतालाई चुनाव लड्न रोक

Main News Image

ढाका । बंगलादेशमा एक हिन्दू नेतालाई चुनाव लड्नबाट रोक लगाइएको छ । बंगलादेशमा फेब्रुअरी १२ मा चुनाव हुने तालिका छ । गोविन्द चन्द्र प्रमाणिकले गोपालगञ्ज(३ निर्वाचन क्षेत्रबाट संसदीय चुनावको लागि आफ्नो उम्मेदवारी दर्ता गरेका थिए, तर निर्वाचन अधिकारीले शनिबार उनको उम्मेदवारी अस्वीकार गरे ।

पूर्व प्रधानमन्त्री शेख हसिना गोपालगञ्ज ३ बाट सांसद थिइन् । यहाँका ५० प्रतिशत भन्दा बढी मतदाता हिन्दू छन् । गोविन्द स्वतन्त्र रूपमा चुनाव लड्न चाहन्थे । उनी पेशाले वकिल हुन् र बंगलादेश जातीय हिन्दू महाजोतका महासचिव पनि हुन् । बीजेएचएम राष्ट्रिय स्वयंसेवक संघ आरएसएससँग सम्बद्ध २३ संस्थाहरूको हिन्दूत्व गठबन्धन हो ।


mediabaaji add

सम्बन्धित खबर

राष्ट्र सङ्घ महासचिवमा चार दाबेदार, चाख घट्दो, समस्या बढ्दो

काठमाण्डौँ । संयुक्त राष्ट्र सङ्घको आगामी महासचिव चयन प्रक्रिया यसपटक असामान्य रूपमा सीमित प्रतिस्पर्धामा देखिएको छ । सन् २०१६ मा १३ जना उम्मेदवारबीच भएको खुला र उत्साहजनक प्रतिस्पर्धाको तुलनामा अहिले केवल चार जना दाबेदार मात्र औपचारिक प्रस्तुतिका...

युक्रेन युद्ध अन्त्यका लागि ‘कुनै समयसीमा नहुने’ रुसको घोषणा

काठमाडौँ । मस्कोलाई युक्रेनमा युद्ध अन्त्य गर्न कुनै सम्झौता गर्न हतार नभएको विदेशमन्त्री सर्गेई लाभरोभले बिहीबार रूसी सरकारी सञ्चारमाध्यमसँग बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी द्वन्द्व अन्त्य गर्ने प्रयासमा अघि सारेको वार्ता प्...

नजिकिँदै ट्रम्पको ‘होर्मुज अल्टिमेटम’, देखिएन इरानको सहमतिको संकेत

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाँच सातादेखि जारी इरान विरुद्धको अमेरिकी इजरेली युद्धका क्रममा पटकपटक समयसीमाहरू तोके, मागहरू प्रस्तुत गरे र धम्कीहरू दिए। तर विरलै ती यति स्पष्ट थिए । इरान विरुद्धको नयाँ चरणको हमला विनाशकारी हुने...

अफगानिस्तानमा २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक

काठमाडौँ । संयुक्त राष्ट्र बाल कोष युनिसेफले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार अफगानिस्तानमा गत वर्ष करिब २२ लाख नौ हजार नागरिकले मानवीय सहयोगको आवश्यकता महसुस गरेका छन् । तीमध्ये करिब १२ लाख बालबालिका रहेका छन् ।

प्रतिवेदनमा लगातारको...

होर्मुज खोल्न सहयोग नगरे नेटोको भविष्य ‘धेरै खराब’ हुन सक्ने ट्रम्पको चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूले होर्मुज जलमार्ग खोल्न सहयोग नगरे उत्तर एट्लान्टिक सन्धि संगठन ९नेटो०को भविष्यका लागि ‘धेरै खराब’ हुनसक्ने चेतावनी दिएका छन् । फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले यस्त...

आणविक क्षमतामा सम्झौता नगर्ने इरानको अडान

काठमाडौँ ।  क्षेत्रीय तनाव उत्कर्षमा पुगेका बेला इरानका सर्वोच्च नेता अयातुल्ला मोजताबा खमेनीले देशको आणविक तथा क्षेप्यास्त्र क्षमतामा कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पारेका छन् । अमेरिकी दबाब र युद्धविरामको अनिश्चित वातावरणका बीच राज्य...