शनिबार, २० भदौ २०८३
नेपाली

आयो साफ यू–२० च्याम्पियनशिपको खेल तालिका, नेपाल समूह ‘ए’ मा

Main News Image

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङघ साफले माल्दिभ्समा आयोजना हुने साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । आगामी मार्च २३ देखि अप्रिल ४ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

जसमा नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा आयोजक माल्दिभ्ससँगै भुटान र श्रीलङ्का छन् । यसैगरी प्रतियोगिताको समूह ‘बी’ मा साविक विजेता भारत, बङ्गलादेश र पाकिस्तान छन् । 

नेपालले आफ्नो उद्घाटन खेलमा भुटानको सामना गर्नेछ । यसैगरी नेपालले दोस्रो खेल मार्च २५ तारिखमा श्रीलङ्कासँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल २७ मार्चमा माल्दिभ्ससँग हुनेछ । सिङ्गल राउन्ड रोविन लिगपछि प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । उक्त च्यापियनशिपको लागि अखिल नेपाल फुटबल सङ्घ एन्फाले पहिलो चरणमा ८० खेलाडी छनोट गरेको छ । 

mediabaaji add

सम्बन्धित खबर

चेन्नईले ८ विकेटले हरायो मुम्बईलाई, प्लेअफको दौड रोमाञ्चक बन्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत शनिबार भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । यस सिजनमा मुम्बईमाथि चेन्नईको यो दोस्रो जित हो । यो जितसँगै चेन्नईले प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई जीवितै राख...

७ वर्षे बालक तेगबीरको कीर्तिमान : ५,४१६ मिटरको थोरङ्ला पास पार गर्दै बने संसारकै कान्छो पदयात्रीमध्ये एक

काठमाण्डौँ । भारतका ७ वर्षीय तेगबीर सिंहले ५,४१६ मिटर उचाइको थोरङ्ला पास पार गर्दै संसारकै कान्छा पदयात्रीमध्ये एकको कीर्तिमान बनाएका छन् । अप्रिल ११ मा सुरु भएको यात्रा १८ मा पूरा गर्दै उनले कडा चिसो र कम अक्सिजनबीच २३० किमि पदयात्रा सफलतापूर्वक...

कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत, निर्माणमा १० अर्ब लाग्ने अनुमान

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालय त्रिवि परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत ग...

हैदराबादसँग चेन्नई १० रनले स्तब्ध, हारको चौकासँगै अंक तालिकामा धक्का

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको जारी सिजनमा साविक विजेता चेन्नई सुपर किंग्सको सङ्घर्ष जारी रहेको छ। शनिबार राति राजीव गान्धी स्टेडियममा भएको रोमाञ्चक भिडन्तमा सनराइजर्स हैदराबादले चेन्नईलाई १० रनले पराजित गर्दै स्तब्ध बनाएको हो। यो हारसँग...

एसियन गेम्स क्रिकेट छनोट : फाइनल प्रवेशका लागि आज नेपाल र ओमान भिड्दै

काठमाडौँ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानको सामना गर्दैछ । सिङ्गापुरमा आयोजना भइरहेको यो रोमाञ्चक खेल नेपाली समय अनुसार बिहान ७स्१५ बजेदेखि सुरु हुने तालिका रहेको छ ।

<...

एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग ९एनपील० को फाइनल खेलका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले एनपीलको फाइनललाई नेपाली खेलकुदका ल...