मङ्गलबार, ०९ असार २०८३
नेपाली

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Main News Image

 काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ १४ पैसा र बिक्रीदर २०० रुपैयाँ ९३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०६ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३२ पैसा र बिक्रीदर २२ रुपैयाँ ४१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २७ पैसा र बिक्रीदर ४० रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

mediabaaji add

सम्बन्धित खबर

आकासियो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा दुई हजार ४०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार ८०० रुपैयाँ पुगेको हो ।

सुनको मूल्यमा उच्च वृद्धि, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १९० रुपैयाँले...

फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूद्वारा प्रकाशित विवरणले अधिकांशले ब्याजदर घटाएका हुन् । व्यक्तिगत मुद्दति निक्षेपतर्फ फागुन महिनामा बैंकहरूको अधिकतम...

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो । शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोवार भएको सुन आज ३ लाख ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

त्यसैगरी, चाँदीको मू...

अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०६ पैसा कायम भएको छ । पछिल्लो समय डलरको...

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ।...