मङ्गलबार, ०५ साउन २०८३
नेपाली

सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?

Main News Image

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा पाँच हजार ५०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा दुई लाख ६७ हजार २०० रुपैयाँ कायम भएको हो । सोेमबार सुनको मूल्य प्रतितोला दुई लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला चार हजार २ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५५...

नेपालमा घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो। नयाँ मूल्यदर १७ गतेदेखि लागू हुनेछ ।

न...

‘सम्पत्ति छानबिन आयोग’ ले थाल्यो काम, उच्च पदस्थको सम्पत्ति सरकारी निगरानीमा

काठमाडौँ । भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्ने मुख्य उद्देश्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ ले औपचारिक रूपमा आफ्नो कार्य प्रारम्भ गरेको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा गठित पाँच सदस्यीय उ...

सुनको मूल्य ३ लाख नाघ्यो, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । यो कीर्तिमानी मूल्य हो ।

आज एकैदिन सुनको भाउ प्रतितोला ९ हजार २ सय रुपैयाँ बढे...

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर साढे तीन प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो । चालु आवको कूल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरिएको थि...

डलरको मूल्यमा नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको भाउ पनि बढ्यो


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा काय...