भारतको मजदुरी छोडेर साइकलमा दुध संकलन गर्न थाले, अहिले ९० लाखको सम्पत्ति जोडे
कञ्चनपुर । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएका हुन् । कुनै बेला भारतमा मजदुरी गर्ने राना अहिले गाउँमा डेरीका मालिक बनेका छन् । मजदुरी छोडेर मालिक बन्न रानाले धेरै मेहनत र संघर्ष गर्नुपर्यो । विसं २०६८ देखि साइकलमा दूध संकलन गरेर बिक्री गर्न सुरु गरेका उनी अहिले डेरी मालिक बन्न सफल भएका छन् ।
रानाले दुई लिटर दूधबाट व्यवसाय सुरु गरेका हुन् । अहिले उनी दैनिक एक हजार ५०० लिटर दूध सङ्कलन गरेर बिक्री गर्दै आएका छन् । ‘भारतमा मजदुरी गर्दा अनेक दुःख पाइयो, गाउँ फर्किएर साइकलमा दूध बिक्री गर्न थालेँ,’ रानाले भने, ‘यसैबाट कमाएको रकम बचत गरेपछि अहिले आफ्नै डेरी व्यवसायसमेत सञ्चालन गरेको छु ।’ सुरुआतमा साइकलमा दूध संकलन गर्दै हिँड्ने रानाले आफूलाई स्थापित गर्न धेरै संघर्ष गरे । त्यही लगन र परिश्रमले उनलाई राम्रो आम्दानीसँगै सफल व्यवसायी समेत बने । गाउँगाउँबाट दूध संकलन गरेर रानाले स्थानीय झलारी बजार, अत्तरिया र कैलालीमा बिक्री गर्दै आएका छन् । दूध बोक्न ६ जनालाई मासिक रु २० हजारदेखि रु २६ हजारसम्म तलब दिएर उनले कामदार राखेका छन् ।
‘दुई लिटर दूधबाट सुरु गरेको थिएँ, बिस्तारै दूध बढी संकलन हुन थाल्यो,’ उनले भने, ‘अहिले एक हजार ५०० लिटर दूध संकलन हुन्छ ।’ यसै व्यवसायबाट रानाले करिब रु ९० लाख बराबरको सम्पत्तिसमेत जोडेका थिए । ‘दूध बिक्रीबाट अहिले सबै खर्च कटाएर वार्षिक रु १३ लाखसम्म आम्दानी हुने गरेको छ,’ रानाले भने, ‘यसबाट म एकदमै खुसी छु, अहिले छोरालाई पनि यसै व्यवसायमा लगाएको छु ।’
पछिल्लो समय स्वदेशमा रोजगारी नभएको भन्दै थुप्रै युवा विदेश पलायन भइरहेका छन् । तर विदेशमा गरिने दुःखभन्दा आफ्नै भूमिमा केही गर्नुपर्छ भन्दै फर्किनेहरू पनि थुप्रै छन् । विदेशको जागिर छोडेर आफ्नै गाउँघरमा कडा परिश्रम गरेका रानाको सफलता लोभलाग्दो छ । उनी अहिले समाजमा उदाहरणीय व्यक्ति बनेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
स्वदेश आइपुग्यो विपिनको शव : प्रधानमन्त्री पुगिन् विमानस्थल
काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव स्वदेश ल्याइएको छ । उनको शव सोमबार केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रध...
अपांगता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
काठमाडौँ । अपांगता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेक...
नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ युवकको मृत्यु
काठमाण्डौँ । मकवानपुरको हेटौँडामा भएको सवारी दुर्घटनमा दुई युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुरमा ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
...शिवरात्रिमा बाग्मती भरिँदै : ४०० लिटर प्रतिसेकेन्ड पानी छाडियो
काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बाग्मती नदीमा पानीको बहाव बढाउन धापड्यामबाट पानी छाडिएको छ । भक्तजनलाई स्नानमा सहजता दिलाउने र नदीको सौन्दर्यता अभिवृद्धि गर्ने उद्देश्यले पानी प्रवाह सुरु गरिएको हो ।
अधिकार सम्पन्न बाग...
म्याग्दी, पर्वत र कास्कीको संगमस्थल जलजला क्षेत्रमा ताल बनाउन सम्भाव्यता अध्ययन
म्याग्दी । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको...
पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने दुई कर्मचारी हटाइए
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका दुई अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । अध्यागमन विभाग का अनुसार उनीहरूले कानुनविपरीत पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने गैरकानुनी अभ्यास गरेका थिए ।
यूएई जान लागेका नेपालीको...



