हर्क साम्पाङलाई जानकी मन्दिर प्रवेशमा ‘हिन्दु सम्राट सेना’को अवरोध
जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको जनकपुरधाम भ्रमणअघि आइतबार जानकी मन्दिर परिसरमा तनाव उत्पन्न भएको छ। साम्पाङलाई स्वागत गर्न पुगेका उनका समर्थक र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच धकेलाधकेल भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले साम्पाङलाई मन्दिर प्रवेश गर्न रोकेको हो ।
साम्पाङ पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका हुन्। उनी आज बिहान करिब ११ बजे समर्थकसहित जानकी मन्दिर दर्शनका लागि पुग्ने कार्यक्रम थियो। तर, उनी मन्दिर पुग्नुअघि नै मन्दिर परिसरमा दुवै पक्षबीच तनाव उत्पन्न भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सम्भावित झडपको अवस्था देखिएपछि सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै साम्पाङलाई मन्दिर प्रवेश गर्न नदिएको जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
राष्ट्रियसभा बैठक बस्दै, के छ कार्यसूची ?
काठमाडौँ । संघीय संसद्, राष्ट्रियसभाको बैठक आन बस्दै छ । बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पूर्वप्रधानमन्त्री स्व। टङ्कप्रसाद आचार्यकी सुपुत्री तथा वरिष्ठ अर्थशास्त्री डा मिना आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । भण्डारी पुरानो बानेश्वरस्थित आचार्यको निवास पुगेर स्वास्थ्य अ...
कांग्रेसलाई अनिर्णयको बन्दी बनाइँदै, आज हुने भनिएको बैठक आइतबारसम्मका लागि सारियो
काठमाडौँ । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ । आज दिउँसो बस्ने भनिएको बैठक आइतबारका लागि सारिएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आज दिउँसो...
निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्त भण्डारीको आह्वान
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सम्पूर्ण मतदातालाई निर्धक्क भएर मतदान गर्न आह्वान गरेका छन् । उनले निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी सबै तयारी पूरा भइस...
राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास
दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदीरम्घामा आज सोमबार भानु साहित्य उद्यानको शिलान्यास गरेका छन् । भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई मूर्त रूप दिने च...
कालीकोटमा नेकपाका शाही विजयी
कर्णाली । कालीकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार सम्पन्न निर्वाचनको परिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी...



