रवि लक्षित हर्कको टिप्पणी : जसले नेपाली नागरिकता त्याग्यो, उसैले देश बनाउने रे !
काठमाडौँ । धराम उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सामाजिक सञ्जालमा तीखो आलोचनाका लागि चर्चित छन् । मन नपरेको र आफूलाई लागेको जुनसुकै विषय पनि उनी तत्काल प्रतिक्रिया जनाइहाल्छन् । आफू पनि श्रम गर्ने र अरुलाई पनि श्रमदान गर्न लगाएर विकास निर्माणको काम गरेका कारण लोकप्रिय रहेका उनी सामाजिक सञ्जालकै कारण आलोचित समेत छन् ।
हालै उनले थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तीखो कटाक्ष गरेका छन् । हर्क लेख्छन्, ‘नौ नौ वटा मुद्दा लागेर थुनामा बसेकाले, जसले विदेशी सेवा सुविधाका लागि नेपाली नागरिकता त्याग्यो उसैले देश बनाउने र बचाउने रे भन्दा पत्याउनु हुन्छ ?’
रवि लामिछाने जेनजी आन्दोलनमा जेलबाट बाहिर निस्किएको विषयमा उनीसँग हालै आन्दोलन छानबिन समितिले बयान लिएको थियो । सो कुरालाई समेत हर्कले कटाक्ष गर्न भ्याएका छन् । ‘जेलमा रहेकाको बयान सरकारले लिन्छ कि अदालतले कुरा नबुझेको ?’ उनले लेखेका छन् ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण लगायतका विषयमा रविमाथि विभिन्न अदालतमा मुद्दा विचाराधीन छन् । जेनजी आन्दोलनले मूलधारका राजनीतिक दलहरूको सरकार ढलेपछि नयाँ राजनीतिक दल खोल्ने र चुनावको तयारी गर्ने क्रम तीब्र छ । यसै सन्दर्भमा मेयर साम्पाङले पनि श्रम संस्कृति पार्टी दर्ता गरेका छन् ।
नयाँ दल तथा स्वतन्त्र व्यक्तिहरू मिल्नुपर्ने दबाबबीच साम्पाङले कहिले रविको कटाक्ष गर्छन् त कहिले बालेन्द्र शाहको । यही विषयका कारण उनको आलोचनासमेत भइरहेको छ । हर्कको स्ट्याटसमा धनकुमारी राई लेख्छिन्, ‘मरिच आफ्नै गन्ध रागले आफै खुम्चिन्छ यहि पारा हो भने तपाईको पनि बेर छैन।’ यस्तै, ईश्वर भण्डारीले लेखेका छन्, ‘मेयर साब अरुको खेदो नखनी आफ्नु हिसाबले अघि बढ्नु पर्छ। जनताले चाहेकै त्यस्तो नेता हो ।’
एक्सप्रेस
सम्बन्धित खबर
गृह मन्त्रालयले गर्यो ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय
काठमाडौँ । सुरक्षा व्यवस्था माथि चुनौती दिन सक्ने भन्दै गृह मन्त्रालयले ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।
बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालय, उ...
शान्तिपूर्ण निर्वाचन भए एमालेले बहुमत ल्याउँछ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण वातावरणमा निर्वाचन भए जनताकाबीचमा गएर बहुमत ल्याउन एमाले तयार रहेको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरुलाई सम्मान र प्रमाणपत्र वितरण गर्दै अध...
रास्वपा १७, कांग्रेस पाँच तथा नेकपा दुई र एमाले एक सिटमा निर्वाचित , रास्वपाको अग्रता सय स्थानमा
काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनमा २५ स्थानको अन्तिम मतपरिणाम आएको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १७, नेपाली कांग्रेसले ५, नेपाली कम्युनिष्ट पार्टी नेकपाले २ तथा नेकपा एमालेले १ स्थानमा जित हास...
प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजापाठ
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गरेकी छन् । निर्वाचन सम्पन्न भएपछि देशका बिभिन्न स्थानको भ्रमणमा निस्किएकी प्रधानमन्त्री कार्कीले शुक्रबार जानकी मन्दिरको दर्शनका साथै पूजा अर्चना गरेकी हुन् । ...
बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् । आइतबार रवि–बालेनबीचको सम्झौतापछि सामाजिक सञ्जालमा भिडियो राख्दै उनले बालेनलाई लक्षित गर्दै सहकारी काण्डमा ता...



