लामो दुरी चल्ने गाडीमा जीपीएस जडान
काठमाडौँ । ट्राफिक प्रहरीले बुधबारदेखि लामोदुरी चल्ने गाडीमा जीपीएस जडान गर्नुपर्ने नयाँ व्यवस्था लागु गरेको छ । प्रहरीले काठमाडौँ उपत्यकाभित्र गुड्ने सवारी साधनमा सीसीटिभी तथा ड्याशबोर्ड क्यामेरा जडान सुरु गरेको छ ।
यातायात व्यवसायीहरूसँगको समन्वयमा सबै खाले यात्रु वाहक सार्वजनिक यातायातका साधनमा सुरक्षाका लागि यस किसिमको प्रबन्ध गरिएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले यसका लागि सरोकारवाला र व्यवसायीसँग छलफल तथा समन्वय र सहमति गरिएको जानकारी दिए ।
दुर्घटनाको अनुसन्धान, सडक सुरक्षा लगायत चोरी, पकेटमार आदि जस्ता आपराधिक गतिविधिबाट सुरक्षा कायम गर्न सीसीटिभी क्यामेरा जडान गर्न लागिएको हो,उनले भने ।
एक्सप्रेस
सम्बन्धित खबर
नयाँ वर्षसँगै काठमाडौंमा वाईफाइ सेवासहितका रात्रि बस सेवा सुरु
काठमाडौँ । काठमाडौंमा मंगलबारदेखि वाई फाइ सेवासहितका रात्रिकालीन बस सेवा सुरु भएको छ । यो सेवाले काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्ने बस सेवा पुलचोकबाट सुरु गरिएको हो ।...
यी स्थानमा आज मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ। साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा...
गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको हिमाली भूभागको थोरै...
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशभरको मौसममा फेरबदल आएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागमा अहिले साधारणतय...
काठमाडौँका दर्जनौँ ठाउँमा आज बिजुली कटौती हुँदै
काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो ।
प्राधिकरणका अनुसार...
यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका ए...



