भदौ २३ गते जेनजी शहीद दिवस मनाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका बारेमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले यस्तो जानकारी दिएका हुन् । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूका आमा, बुबा, श्रीमती, अविवाहित छोरी तथा अविवाहित छोरालाई फोटोसहितको परिचयपत्र प्रदान गर्ने निर्णय पनि गरेको छ । यसअघि सरकारले सो आन्दोलनमा मारिएका ४५ जनालाई शहीद घोषणा गरिसकेको छ।
यस्तै बैठकले बैकुण्ठ प्रसाद अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। अर्याल हाल सुदूरपश्चिम प्रदेश सरकारका कामु प्रमुख सचिवका रूपमा कार्यरत छन्। त्यसैगरी, मन्त्रिपरिषद्ले प्रेस काउन्सिल नेपालका अध्यक्षमा डा। कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खरेलले बताए।
एक्सप्रेस
सम्बन्धित खबर
सबै कुरा बिर्सेर बिनासर्त आफ्नो घरमा फर्किन चाहन्छौँ : किसान श्रेष्ठ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू निःसर्त एमालेमा फर्किन लागेको बताएका छन् । श्रेष्ठ सम्मिलित रामकुमारी झाँक्रीको समूहले आज बबरमहलस्थित होटल बसेरामा आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले...
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । असल शासन र समु...
गगन थापालाई प्रतिनिधि सभा निर्वाचनका लागि पाँच जिल्लाबाट सिफारिस, तेह्रथुम र काठमाडौँमा एकल
काठमाडौँ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनको लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पाँच जिल्लाबाट सिफारिस भएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उनी तेह्रथुम, काठमाडौँ, सर्लाही, धनकुटा र रोल्पाबाट...
हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी सार्वजनिक गर्दै “म सुनसरी–१ बाटै प्रत...
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ४९ प्रतिशतले गरे नाम दर्ता
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकले ४९।३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले रजिस्ट्रेशन दर्दा गराएको जानकारी दिएका हुन् ।
...बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा !
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । उनले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार छापा मारेको हो ।
हेटौंडाको सानोपोखरामा रहेको उनको...



