शनिबार, ०२ साउन २०८३
नेपाली

रौतहटमा सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारको निर्देशन

Main News Image

काठमाडौँ । सरकारले रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई जिल्लाका सबै निकायहरुकोबीचमा उचीत समन्वय कायम गरेर जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएको छ । शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले रौतहटमा भएको घटनामा सबैलाई उच्च संयमता अपनाउन आग्रह गरेको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

उनले भने,‘रौतहटको घटनामा सबै पक्षलाई एउटा सद्भाव कायम गर्न केन्द्रीय सुरक्षा समितिबाट एउटा आह्वान भएको छ। जुन रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई जिल्लाका सबै निकायहरुको बीचमा उचीत समन्वय कयम गरेर जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिइएको छ। आवश्यक परेको सुरक्षा व्यवस्था थप गर्ने पनि निर्णय भएको छ ।’

त्यस्तै, क्त घटनामा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको उनले बताए। बैठकले सबै राजनीति दलहरुलाई आचारसहिंता पालना गर्न आग्रह गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

mediabaaji add

सम्बन्धित खबर

अज्ञात समूहको आक्रमणबाट आमा-छोराको घटनास्थलमै मृत्यु, बाबु-छोरी गम्भीर

काठमाडौँ । बाराको परवानीपुर गाउँपालिका वडा नं १ रहरियाडीमा आमा छोराको हत्या भएको छ । बुधबार बिहान समूहले धारिलो हतियार प्रहार गर्दा ४६ वर्षीया सुमित्रादेवी मण्डल र उनका छोरा २४ वर्षीय रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहर...

डाँडागाउँमा मृत भेटियो जङ्गली हात्ती

झापा । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित डाँडागाउँमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । डाँडागाँउका लालबहादुर रसाइलीको खेतमा मंगलबार बिहान जङ्गली भाले हात्ती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र...

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एकको मृत्यु, ६ कामदार घाइते

काठमाडौँ । रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर इन्धन वा पानी तताउने कन्टेनर  विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन् । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्...

करिब १४ लाखको मोबाइलसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३ लाख ८० हजार रुपैयाँबराबरको मोबाइल, ल्यापटपसहित एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । सर्लाही लालबन्दी नगरपालिका–१ बस्ने ३४ वर्षीय सञ्जीव खड्कालाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्य...

रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । पैँयुटार बस्ने नेपाली ब्रो भनिने ४२ वर्षीय कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या ग...

ठगिएका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस र म्यान्माको सीमा क्षेत्र तथा कम्बोडियामा सञ्चालित अनलाइन ठगी स्क्यामिङ केन्द्रहरू चलाउने सङ्गठित आपराधिक समूहको फन्दामा परी बन्धक बनाइनेक्रम बढेको छ । कम्प्युटरसम्बन्धी ज्ञान भए...