आइतबार, ०३ साउन २०८३
नेपाली

गोपाल किरातीको प्रश्न : ज्ञानेन्द्र शाह र प्रचण्डमा कसरी फरक छुट्टाउने ?

Main News Image

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता गोपाल किरातीले पार्टी नेताहरूको शैली राजा महाराजाको जस्तो रहेकोमा कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता किरातीले पार्टी गतिविधि र नेताहरूको कार्यशैलीमाथि प्रश्न गरेका हुन् । उनले पार्टी प्रवेश कार्यक्रममा मञ्चमा देखिने भीड र शीर्ष नेताहरूलाई सुरक्षा दिने नाममा भएका तामझामप्रति असन्तुष्टि जनाएका छन् ।

पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको सुरक्षाका नाममा गरिएको तडक भडक र उद्दण्डता गढीमाईको मेलामा राँगो लगेजस्तो देखिएको उनको भनाई छ । उनले भनेका छन्– ‘हिजो २०८२ मङ्सिर ११ गते राष्ट्रिय सभागृह, काठमाडौँमा एकतासभा आयोजना गरिएको विद्वतै छ। अस्ति क। भीम रावल र जेड पुस्तासँगको कार्यक्रममा बिरामीका कारण हामी सहभागी रहन सकेनौँ। केही हिँडडुल गर्न सकिने भएकोले हिजो चाहिँ हामीले सभागृहको कार्यक्रममा सहभागिता जाहेर गर्‍यौँ। तर, दुःखका साथ भन्नुपर्छ, गद्दाजनक मञ्चाशन अथवा मञ्च आसनले कार्यकर्ताहरू भन्दै थिए, नेताहरूको खुट्टी देखियो १’

उनले सुझाव दिएका छन्– ‘नेकपा र जसपा एकीकरण समुहसहित पाँच समूहको एकतासभामा मुख्यतः पाँच समूहका प्रमुखहरू मञ्चको अग्ररोहमा बस्नु पर्दथ्यो। त्यसमा जेड पुस्ताकी मुस्कान खातुन पनि अनिवार्य पर्दथिन् । किनभने, त्यस कार्यक्रमका नायकहरू उहाँहरू नै हुनुहुन्थ्यो। परन्तु, मञ्च यत्ति खचाखच भरिएको थियो कि जसपाका राजेन्द्र श्रेष्ठ र अर्को समूहका एक प्रमुख अग्ररोहमा त हुनुहुन्थ्यो, तर दुई जना मात्र बस्न मिल्ने शोफामा तीन–तीन जना खाँदिएर निक्कै अप्ठेरो गरी बसिरहेको देख्नु पर्‍यो। अरू समूहका प्रमुखहरू तथा मुस्कान खातुनको स्थान लाखापाखा किनारातिर झैँ हुँदा सभागृहको कार्यक्रम पाँच समूहबीच एकतासभा हो कि कुनै पूर्व समूहको प्रहशनसभा हो, क्रान्तिकारी चेतका कार्यकर्ता तथा पत्रकार साथीहरू रणभुल्ल लाग्थे।’

अबोप्रान्त कार्यक्रम सम्बद्ध बाहेकका मानिस मञ्चमा नबस्ने, बस्न नपाउने, सहभागी हुने तर उनीहरू जनता या कार्यकर्ताको पङ्क्तिमा बस्नु पर्ने संस्थागत विधि यथाशीघ्र निर्माण गर्न पनि उनले माग गरेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको मुटुमा आकस्मिक ‘एन्जियोप्लाष्टी’

काठमाडौँ । बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यको मुटुमा समस्या देखिएपछि आकस्मिक रूपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया गरिएको छ ।

आज बिहान छातीमा गम्भीर दुखाइ महसुस भएपछि उनलाई तत्काल ललितपुरस्थित...

बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति

काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडी ल्याण्डफिल्डसाइटतर्फ जान थालेक...

निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार म्यादी प्रहरी भर्ना गर्ने मापदण्ड स्वीकृत

काठमाडौँ । सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन म्यादी प्रहरी भर्ना गर्ने मापदण्ड स्वीकृत गरेको छ। ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड–२०८२’ मन्त्रिपरिषद्बाट पारित भएको हो ।<...

राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनीलबहादुर थापाले राजीनामा दिएका छन् । आसन्न राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न थापाले राजीनामा दिएको बताइएको छ । थापाको नामा धनकुटाबाट राष्ट्रियसभा निर्वाचन...

पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउने कांग्रेसको प्रतिज्ञा

काठमाडौँ । पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्र, रोजगारी र उद्यमशीलताको मुख्य आधार बनाउने लक्ष्यसहित नेपाली कांग्रेसले दिगो पर्यटन विकाससम्बन्धी विस्तृत प्रतिज्ञा सार्वजनिक गरेको छ । पार्टीले आगामी १० वर्षभित्र वार्षिक ३० लाख विदेशी पर्यटक भित्र...

आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम ३३ लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र...