आइतबार, २८ भदौ २०८३
नेपाली

नगदको जमाना गयो ! गोल्डकप विजेतालाई अलैँची पुरस्कार

Main News Image

काठमाडौँ । ताप्लेजुङमा सम्पन्न भएको दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको विजेतालाई नगदको सट्टा एक सय ३१ केजी ९तीन मन ११ किलोग्राम० अलैँची पुरस्कार उपलब्ध गराइएको छ । बिहीबार भएको फाइनल खेलमा गणेशचोक क्लबले हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोलअन्तरले हराउँदै यो पुरस्कार हात पार्न सफल भएको हो ।

आयोजक फङ्फङ्देन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाले बताए अनुसार विजेता गणेशचोक क्लबले नगद रु तीन लाख दुई हजार ८२ बराबरको अलैँचीसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बिहीबार ताप्लेजुङमा प्रतिमन ४० किलोग्राम रु ९२ हजारको भाउ अनुसार घोषित नगद पुरस्कार बराबरको अलैँची तौलिएर प्रदान गरिएको हो । त्यसैगरी, उपविजेता तोक्पेगोला युथ क्लबलाई समेत रु एक लाख ५० हजार ८२ बराबरको करिब ६५ किलोग्राम अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

mediabaaji add

सम्बन्धित खबर

एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल २२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । दुवै टोलीले आफ्नो छैटौं खेल खेल्द...

सान्त्वना जितको लक्ष्यमा नेपाल, स्कटल्यान्डको सामना गर्दै

काठमाडौँ । भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ । समूह ‘सी’ अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार राति ७ : १५ मा सुरु हुनेछ ।

रोहित पौडेलको कप्ता...

गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन

काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल २०२६ को उपाधि जितेको छ । आइतबार राति भएको फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले उपाधि रक्षा गरेको हो ।

साम्बाको दुई गोलमा भारतमाथि नेपालको जित

काठमाडौँ । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो। प्रतियोगिता...

एनपीएलको तयारी पूरा, उद्घाटन खेल घरमै बसेर हेर्न क्यानको आग्रह

काठमाडौँ । भोलि मंसिर १ देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको तयारी पूरा भएको छ । एनपीएलको दोस्रो संस्करण र पहिलोबीच दर्शकले फरकपन पाउनेछन् । नेपालमा पहिलोपटक फ्लडलाइटमा खेल हुन लागेको हो । त्रिवि क...

भारत टी–२० विश्वकपको फाइनलमा, इङ्गल्याण्ड ७ रनले पराजित

काठमाडौँ । आयोजक भारत टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतको मुम्बईस्थित वानखेडेको मैदानमा भारत ७ रनले विजयी भयो । २५४ रनको चुनौती पछ्याएको इङ्गल्याण्डले ७ विकेटको क...