हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते
कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार जिल्लाको लालझाँडी गाउँपालिका–६ स्थित चानदेवका किसनसिंह साउदको घरमा हात्तीले आक्रमण गर्दा साउदकी छ वर्षीया छोरी रोजिना साउदको मृत्यु भएको छ ।
गए राति जङ्गली हात्तीले साउदको घरमा आक्रमण गरेको थियो । घरमा हात्तीको आक्रमण भएपछि भाग्ने क्रममा साउदकी ५५ वर्षीया आमा पार्वती साउद घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । प्रवक्ता शाहीका अनुसार घाइते छ वर्षीया रोजिनाको उपचारका क्रममा धनगढीस्थित नवजीवन अस्पतालमा मृत्यु भएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
टिकटकमा जथाभावी भिडिओ हाले कारबाही हुने
काठमाण्डौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भ्रामक सूचनारहित बनाउन निर्वाचन आयोगले सामाजिक सञ्जाल प्लेटफर्म ‘टिकटक’सँग औपचारिक सहकार्य सुरु गरेको छ । निर्वाचनका बेला सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना र...
तीन दिनसम्म पानी पर्ने भन्दै दाउन्नेमा राति मालवाहक सवारी सञ्चालनमा रोक
त्रिवेणी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा तीन दिनसम्म राति ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ ।मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार चैत ८ गतेसम्म वर्षाको सम्भावना रहेको उद्धृत गर्दै नारायणगढ–बुटवल सडक योजनाले आज...
पहाडी भेगमा बदली र वर्षा, मधेस र लुम्बिनीमा आगामी तीन दिन तातो लहर चल्ने
काठमाडौँ । मुलुकको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ट्रफ तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र सुदूरपश्...
मनसुन सक्रिय : देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विशेष अपिल गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव तीव्र रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र आसपास सरे...
देशभर मनसुनी वायुको प्रभाव : आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ ।
अहिले देशका हिम...
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा तीन जना घाइते भएका छन् । दार्चुलाबाट जुम्ला जाँदै गरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप स...



