बुधबार, ३१ असार २०८३
नेपाली

गंगा दाहालले राजीनामा दिँदै भनिन् : प्रचण्ड, पार्टी र आन्दोलनको हित होस्

Main News Image

काठमाडौँ । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा कार्यरत गंगा दाहालले राजीनामा दिएकी छन् । प्रचण्डकी छोरीसमेत रहेकी गंगाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत राजीनामाको जानकारी सार्वजनिक गर्दै पछिल्लो समय आफूमाथि भइरहेको कुप्रचार, भ्रामक समाचार र नियोजित आक्रमणप्रति गम्भीर असन्तुष्टि पनि जनाएकी छन् ।

प्रकाश दाहालको निधनपछि गंगा दाहालले सचिवालयको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । पछिल्लो समयमा आफूलाई प्रयोग गरेर प्रचण्ड र माओवादी केन्द्रविरुद्ध योजनाबद्ध रूपमा आक्रमण भइरहेको भन्दै उनले राजीनामा दिएको स्पष्ट पारिन् । ‘मलाई देखाएर माओवादी केन्द्रका संयोजक प्रचण्ड र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारण यस्तो अवस्थामा सचिवालयको जिम्मेवारीबाट बाहिरिनु नै बुवा, पार्टी र आन्दोलनको हितमा हुनेछ भन्ने निष्कर्षमा पुगेकी छु,’ गंगाले लेखेकी छन् ।

सचिवालयबाट बाहिरिए पनि आजीवन पार्टीमा क्रियाशील रहने प्रतिबद्धता जनाउँदै उनले पार्टीका नेता, कार्यकर्ता र आम जनसमुदायबाट प्राप्त साथ र समर्थनप्रति आभार व्यक्त गरेकी छन् ।

mediabaaji add

सम्बन्धित खबर

रवि लामिछानेप्रतिको धारणा सरकारले तत्काल सार्वजनिक गर्नुपर्छ : अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले सुशीला कार्की नेतृत्वको सरकारले रवि लामिछानेप्रतिको धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएका छन् । अर्यालले भने, सुशीला कार्की नेतृत्वको सर...

पूर्वमन्त्री गुप्तालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । पोखराको लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणमा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने विशेष अदालतको आदेश सर्वोच्च अदालतले बदर गरेर धरौटीमा रिहा गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र स...

समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न, प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम...

द्रूतमार्गमा प्रधानमन्त्रीको निरीक्षण

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिएका छन् । मुलुकको सर्वाधिक महत्वको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई...

आजदेखि समानुपातिकको मतपत्र छपाइ सुरु हुँदै

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि सुरु हुने भएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ सुरु हुन लागेको हो । समानुपातिक र प्रत्यक्षको नमुना मतपत्र छपाइ सकिएपछि निर्...

निर्वाचन ६७ दिन बाँकी : एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी सो विवरणको जानकारी दिएको हो । प्रकाशित अन्तिम नामावलीअनुसार...