बिहिबार, ३२ असार २०८३
नेपाली

लोकतन्त्रको जग सुदृढ बनाउँदै समृद्ध नेपालतर्फ अघि बढ्न गगन थापाको आह्वान

Main News Image

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्दै समृद्ध नेपाल निर्माणतर्फ अग्रसर हुन आह्वान गरेका छन् । बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले फागुन ७ लाई नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका रूपमा स्मरण गरेका छन् ।

२००७ सालको जनक्रान्तिले १०४ वर्ष लामो निरंकुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गरेको उल्लेख गर्दै उनले सो दिनले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक रूपान्तरणको मार्ग प्रशस्त गरेको बताएका छन् ।

‘फागुन ७ नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन । २००७ सालको ऐतिहासिक जन–क्रान्तिले १०४ वर्ष लामो निरंकुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्रको स्थापना गरेको यस गौरवमय दिनका अवसरमा, म समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ शुभकामना सन्देश मार्फत थापाले भने ।

उनले मध्ययुगीन सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक यात्रातर्फ नेपालले यही आन्दोलनमार्फत साहसी कदम चालेको उल्लेख गर्दै प्रजातन्त्रले सुदृढ राष्ट्रियता, नागरिक अधिकार र जनसहभागिताको आधार निर्माण गरेको बताए ।

mediabaaji add

सम्बन्धित खबर

आजदेखि सुरु हुँदै मतदाता शिक्षा कार्यक्रम, फागुन १७ सम्म चल्ने

काठमाण्डौँ । प्रतिनिधिसभा निर्वाचनका लागि आज आइतबारदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ ।...

आचारसंहिता अनुमगनका लागि अनुमगन अधिकृत तोकियो

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ। सहायक प्रमुख ज...

जीतपछि ओलीको गर्जन, नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट पुन अध्यक्ष जीतेपछि केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् । बिहीबार पार्टीको शपथग्रहण लगत्तै काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्त...

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

काठमाडौँ । निर्माणाधीन कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यसमा माघ २० गतेभित्रमा चार्जिङ गर्ने तयारीका साथ धमाधम काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार अब ५०० मिटर तार तान्न बाँकी रहेको छ । छ वर्षअघि रु ७०...

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भागेको भनिएका तत्कालीन ऊर्जामन्त्री दीपक खड्का आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जामन्त्री खड्का...

संविधान कार्यान्वयनका लागि १४६ वटा ऐन जारी : मन्त्री सिन्हा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले नेपालको संविधान जारी भएसँगै त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठ...