अबदेखि वायुसेवा निगमको जहाज डाइभर्ट हुँदा भैरहवा अवतरण गर्ने
काठमाडौँ । नेपाल वायुसेवा निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसकेको अवस्थामा अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने भएको छ । हाल भारतको विमानस्थललाई आधार गरी डाइभर्ट हुँदै आएकोमा अबदेखि भैरहवा जाने निर्णय भएको प्रवक्ता अनिल घिमिरेले जानकारी दिए । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मंसिर ३ देखि लागू हुने गरी कुनै पनि कारणले डाइभर्ट गर्नुपर्ने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गर्ने निगमबाट यही मंसिर १ मा निर्णय भएको छ ।’
यसका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत वैकल्पिक विमानस्थल बनाई प्रयोग गर्नका लागि आवश्यक अध्ययनको प्रक्रिया थालनी गर्ने निर्णय समेत भएको उनले बताए।
एक्सप्रेस
सम्बन्धित खबर
लक्ष्मी पूजामा स्वदेशी माग धानेर १०१५ मेगावाट विजुली भारत निर्यात
काठमाडौँ । तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ। घरघरमा दिपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलहरूले सजाउने यो पर्वको विशेषता र मौलिकता हो । दिपावली र बत्ती एक अर्काका परिपूरक हुन् । नेपाल व...
अमेरिकी डलरले आज पनि राख्यो उच्च विन्दुको रेकर्ड, एक डलरको नेपाली रुपैयाँ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ १५ पैसा र बिक्रीदर १४४ र...
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
कास्की । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको छ । तेस्रो पटक थपिएको समय सीमा पनि गुज्रिएपछि आयोजनालाई आगामी मङ्सिर १० गतेसम्म अन्तिम समय दिइएको हो ।
मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँब...
सोलु हाइड्रोपावरले मंसिर ७ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आउँदो मंसिर ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ निष्कासन...
तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो
धरान । तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ । धरान उपमहानगरपालिका(२ का बिक्की दास बिहान ५ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म...
सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैय...


