शुक्रबार, ०५ भदौ २०८३
नेपाली

लागूऔषध नियन्त्रणदेखि बाढीमा उद्धारसम्म — प्रहरी निरीक्षक यादव बने ‘बेस्ट पुलिस अफ द मन्थ’

Main News Image

काठमाण्डौँ । काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी निरीक्षक श्यामसुन्दर यादवलाई उत्कृष्ट कार्यसम्पादनका आधारमा “बेस्ट पुलिस अफ द मन्थ” घोषणा गरिएको छ । लागूऔषध नियन्त्रण अभियानमा सक्रिय भूमिका खेल्दै उनले धुलिखेल–११ बाट करिब १८ केजी गाँजा बरामद गर्न सफलता पाएका थिए ।

यस्तै, बनेपाको चौकीडाँडामा रोशी खोलाको बाढीमा फसेका यात्रुहरूको जोखिमपूर्ण उद्धारमा समेत उनले नेतृत्व गरेका थिए । प्रहरी संगठनले उनको साहस, सक्रियता र जिम्मेवारीपूर्ण भूमिकाको कदर गर्दै वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।


mediabaaji add

सम्बन्धित खबर

सम्पत्ति शुद्धीकरण मुद्दामा ‘चक्रे मिलन’ले पाए सर्वोच्च अदालतबाट सफाइ

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी बहुचर्चित मुद्दामा गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ ‘चक्रे मिलन’लाई सर्वोच्च अदालतले सफाइ दिएको छ । विशेष अदालतले यसअघि गुरुङको पक्षमा गरेको सफाइको फैसलालाई चुनौती दिँदै सरकारले दायर गरेको पुनरावेदन निवेदनल...

रौतहटमा दुई समूहबीच झडप हुँदा १५ जना घाइते

काठमाण्डौँ । रौतहटको गौर नगरपालिका ६ सबगढामा दुई समूहबीच झडप हुँदा कम्तिमा १५ जना घाइते भएका छन् । स्थानीय हिन्दु समुदाय बाजा बजाउँदै जन्ती गएको विषयमा मुस्लिम समुदायले विरोध गरेपछि विवाद सुरु भएको थियो । बिहीबार राति नै एक चरण झडप भएको थियो । प्र...

रौतहटमा सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारको निर्देशन

काठमाडौँ । सरकारले रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई जिल्लाका सबै निकायहरुकोबीचमा उचीत समन्वय कायम गरेर जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएको छ । शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले रौतहटमा भएको घटनामा सबैलाई उच्च संय...

अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ

काठमाडौँ । स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई शनिबार नेपाल प्रहरीले हिरासतमा लिएको छ । शनिबार बिहानदेखि माइतीघरमा प्रदर्शन गर्न पुगेका जेनजी युनाइटेडका सदस्यलाई जिल्ला...

पासपोर्ट छपाइ भ्रष्टाचारमा महानिर्देशक अर्याल पक्राउ

काठमाडौँ । पासपोर्ट खरिदसम्बन्धी अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो । राहदानी छपाइ अनियमितताको अनुसन्धानका लागि अख्तियारले अर्याललाई पक्राउ गरेक...

काठमाडौंमा मानव बेचबिखन र जबर्जस्ती श्रममा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती श्रममा संलग्न रहेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

अदालतमा दायर अभियोगपत्रअनुसार, पीडितलाई वैदेशिक रोजगारी र आकर्षक...