विजय लघुवित्तको एफपीओ बाँडफाँट
काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ आज पुस ६ गते बाँडफाँट गरिएको छ । धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान विजय लघुवित्तको एफपीओ बाँडफाँट गरिएको हो ।
साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ कोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्तापुँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो । सोही अनुपात समायोजन लघुवित्तले १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण सेयरहरु थप सार्वजनिक निष्कासन गरेको हो ।
धितोपत्र बिक्री प्रबन्धकका अनुसार कुल २१ लाख ९९ हजार २६ आवेदकबाट २ करोड ५० लाख ४१ हजार कित्ता सेयर माग भएको छ । जसमा २१ लाख ९६ हजार ३४ आवेदकबाट माग भएको २ करोड ५० लाख ५८० कित्ता सेयर सदर भएको थियो भने २ हजार ९९२ आवेदकबाट माग भएको ४० हजार ४२० सेयर बदर भएको थियो ।
मागभन्दा बढी आवेदन परेका कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ४६ हजार ६८१ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । तिनै भाग्यमानी आवेदकमध्ये ७ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। यस हिसाबले २१ लाख ४९ हजार ३५३ सदर आवेदकको हात खाली भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत
गत आर्थिक वर्ष २०८१र८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ।
अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल १८ खर्ब ६०...
अब ऋण लिन बैंक नचाहिने, व्यक्ति-व्यक्ति बीच विधिवत कर्जा लेनदेनलाई व्यवहारमा उतार्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आज आर्थिक वर्ष २०८३र८४ को २५औँ मौद्रिक नीति सार्वजनिक गरेका छन् । यस वर्षको मौद्रिक नीतिले ७ प्रतिशतको उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी डिजिटल वित्तीय उपकरण र नियमनकारी सरलीकरणमा...
आज १३.५२ अंकले घटेर बन्द भयो नेप्से, ५ अर्ब २३ करोडको कारोबार
काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोडको शेयर कारोबार भएको छ । आज...
सुनचाँदीको मूल्य निरन्तर उकालो, तोलाको कतिमा हुँदैछ कारोवार ?
काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ । विगत तीन दिनदेखि प्रतितोला रु दुई लाख ७७ हजारभन्दा अधिक मूल्यमा किनबेच भएको पहेँलो धातु र चाँदीको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल...
नयाँ रेडर्कबाट घट्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । हालसम्मकै उच्च रेकर्डबाट सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो । अघिल्लो कारोबारको दिन भ...
डलर र युरोको भाउमा फेरबदल, यस्तो छ राष्ट्र बैंकको नयाँ दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ ।
यस्तै युरोपियन य...



