ब्राउन सुगरसहित चार जना पक्राउ
रौतहट । रौतहट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटेको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगका अनुसार आइतबार दिउँसो गोप्य सूचनाको आधारमा चन्द्रपुर नगरपालिका वडा नं ४ मा प्रहरी टोलीले चन्द्रपुर वडा नं १ बागमती बस्ने ३२ वर्षीय तुलबहादुर लामालाई खानतलासी गर्दा उहाँको साथबाट ब्राउन सुगर सेवन गर्न प्रयोग गरिने रु ५ को फोल्ड, ब्लेड लगायतका लागुऔषध बरामबर गरेको जनाइएको छ ।
यसैगरी, चन्द्रपुर वडा नं ४ गणेश चोकमा रहेको दुर्गाबहादुर घलेको घरमा डेरा लिइ बस्ने उदयपुर गाईघाट घर बताउने २३ वर्षीया प्रिया तामाङ र चन्द्रपुर –४ का ३५ वर्षीय राज बलम पाख्रिन मगरलाई समेत पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लाबुंगले जानकारी दिए । प्रहरी नायब उपरीक्षक लाबुंगका अनुसार सो कोठाबाट ब्राउन सुगर जस्ता बस्तुहरूको तौल गरिने मसिन, ब्राउन सुगर राख्न प्रयोग हुने कालो प्लाष्टिकको टुक्राहरु बरामद भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि कैदीबन्दीको आगजनी र तोडफोड
सिरहा । सिरहा कारागारमा नाइके पक्राउ परेपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ । कारागारभित्र नाइकेको विषयलाई लिएर विवाद चर्किएपछि कैदीबन्दीहरूले तोडफोड तथा आगजनी गरेका हुन् । प्रहरीका अनुसार कारागारभित्र अराजक गतिविधि भएपछि नाइके इन्द्रजित यादवसहित...
चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बाट चोरीको मोटरसाइकलसहित एक युवकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा सूर्यविनायक–८ निवासी २६ वर्षीय समिर त्वाटी रहेका छन् । बागमती प्रदेश ०२–०२९ प २...
कारभित्र लुकाइराखेको अवस्थामा दश किलो गाँजासहित तीन जना पक्राउ
काठमाडौँ । मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–९ ज्यामिरेबाट १० किलो १२४ ग्राम लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान ४,३० बजे लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आ...
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ
काठमाडौँ । कास्कीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका ८ जाल्पारोडस्थित विभिन्न खाजा घरहरूमा अनैतिक...
दीपक भट्ट र सुलभ अग्रवाललाई थप सात दिन थुनामा राख्न अनुमति
काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि दीपक भट्ट र सुलभ अग्रवालमाथि काठमाडौं जिल्ला अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश तिलक बहादुर कार्कीको इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निवेदन र दुव...
जेनजी आन्दोलनमा प्रहरीको हत्यामा संलग्न थप एक जना पक्राउ
काठमाडौँ । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २१ वर्षीय सोङ गुरुङलाई काठमाडौँको धुम्बाराह...



