त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन्। यसैगरी, सेवा आयोगको रिक्त सदस्य पदमा प्रा। डा। रेजिना मास्के नियुक्त भएकी छन् । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगलाई थप प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ यी दुवै महत्वपूर्ण नियुक्तिहरू गरिएका हुन् ।
शिक्षा तथा खेलकुद मन्त्रीसमेत रहेका विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोगको अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको विस्तृत अध्ययन, मूल्यांकन तथा अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो।
सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षको जिम्मेवारी सुम्पिएका हुन्। सिफारिस समितिले गत जेठ महिनामा सेवा आयोग अध्यक्ष पदका लागि इच्छुक योग्य व्यक्तिहरूबाट खुला आवेदन आह्वान गरेको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
भेरी अस्पतालले मृत भनेर घर पठाएका शिशु जीवितै, अस्पतालले माग्यो माफी
काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालले जीवितै बच्चालाई मृत भनेर घर पठाइदिएको खुलेको छ । घटना विवरणअनुसार गएको मंसिर २५ गते अस्पतालको लेबर कक्षमा भर्ना भएकी एक गर्भवतीले मंसिर २८ गते शिशुलाई जन्म दिएकी थिइन् । ६१७ ग्राम मात्रै तोलका ती शि...
निर्वाचनका लागि काठमाडौं छाड्नेहरूको संख्या ८ लाख नाघ्यो
काठमाडौँ । आगामी निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या उल्लेख्य वृद्धि भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार मतदान गर्न र घर फर्किन हालसम्म करिब ८ लाख मानिसले उपत्यका छाडिसकेका छन् ।
निर्वाचनको सुरक्षा...
हेटौँडामा छठ पर्वको तयारी धमाधम, राप्ती तट झिलिमिली बत्तीले सजियो
हेटौँडा । तिहार पर्वको समापनसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा अहिले छठ पर्वको तयारी धमाधम भइरहेको छ । तराई–मधेशसहित देशकै प्रमुख चाडको रूपमा मनाइने छठ पर्वलाई लक्षित गर्दै हेटौँडा उपमहानगरपालिका–१ स्थि...
शान्ति सैनिकको संख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो
काठमाडौँ । संयुक्त राष्ट्रसंघ युएनले बजेट अभावका कारण द्वन्द्वरत मुलुकमा स्थापना भएका मिसनमा परिचालित शान्ति सैनिकको संख्या २५ प्रतिशसम्म कटौती गर्दैछ। त्यसबाट शान्ति सैनिक पठाउने देशहरूलाई आर्थिक र सैन्य कूटनीतिमा केह...
तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते
भक्तपुर । यहाँको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छभने मोटरसाइकल चालक घाइते भएका छन् ।
कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशाबाट आउँदै गरेको बागम...
उपरजिस्ट्रार पराजुलीको निधन, आजका लागि तय भएका सबै सुनुवाइ स्थगित
ललितपुर । उच्च अदालत पाटनमा कार्यरत उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको छ। उहाँको निधनप्रति शोक व्यक्त गर्दै अदालतले आजका लागि तय भएका सबै मुद्दाको सुनुवाइ स्थगित गरेको छ ।
अदालतले सूचना जारी गरी अदालत परिवार शोकमा रह...


