पूर्व सांसद र मन्त्रीहरू यसपटक नेकपाको समानुपातिक सूचीमा नपर्ने
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले यसअघि प्रतिनिधि सभामा प्रत्यक्ष वा समानुपातिकबाट सांसद बनेका, मन्त्री भइसकेका वा राष्ट्रिय सभा सदस्य रहेका नेताहरूलाई यसपटकको समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ । पार्टीका मुख्यसचिव गणेशमान पुनका अनुसार शीर्ष नेतृत्वबीच भएको यो सहमतिले राजनीतिमा नयाँ र युवा पुस्तालाई अवसर दिने लक्ष्य राखेको छ ।
विशेष गरी भदौको ुजेन(जीु आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशलाई सम्बोधन गर्न नेकपाले उम्मेदवार छनोटमा नवीनता ल्याउन खोजेको देखिन्छ । यस निर्णयले पटक–पटक पदमा दोहोरिने प्रवृत्तिलाई निरुत्साहित गर्दै समावेशी र नयाँ नेतृत्वलाई संसद्मा पुर्याउने अपेक्षा गरिएको छ ।
आज बन्दसूची बुझाउने अन्तिम दिन निर्वाचन आयोगको कार्यतालिका अनुसार आज पुस १४ गते अपराह्नसम्म दलहरूले समानुपातिकतर्फको बन्दसूची बुझाउनुपर्नेछ। प्रतिनिधिसभाको कुल २७५ सिटमध्ये ११० सिट समानुपातिक निर्वाचन प्रणालीबाट छनोट हुने व्यवस्था छ । आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएकोमा आज अन्तिम दिन भएकाले निर्वाचन आयोगमा दलहरूको बाक्लो उपस्थिति रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रतिनिधि सभा निर्वाचन हुन ८२ दिन बाँकी, समानुपातिकमा सहभागी दललाई चिन्ह
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन...
बागमती प्रदेश सभाबाट आठ वर्षमा ९० विधेयक पारित
काठमाडौँ । बागमती प्रदेश सभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक पारित भएका छन् । हालसम्म प्रदेश सभाबाट पारित ९० विधेयकमध्ये ८९ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आएका छन् ।
प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने स...
रास्वपाका कारण सरेको प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित सूची
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि डाकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन लम्बिएका कारण लगातार सरेको बैठक आज बस्न लागेको हो ।
बैठकमा आज सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विध...
बालेनले गरे खुवालुङको दर्शन, भने_ जीवित सांस्कृतिक आध्यात्मिक परम्पराको प्रतीक
काठमाण्डौँ । पूर्वी तराईको चुनावी यात्रामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले खुवालुङको दर्शन गरेका छन् । बुधबार सप्ताकोसी पुगेर शाहले खुवालुङको दर्शन गरेका हुन् । उनले यसलाई पवित्र स्थलका रुपमा व्याख्या ग...
प्रचण्डले दुवैजना अध्यक्ष बनौँ भन्दा मानिन, आफैं सहसंयोजकको प्रस्ताव गरेँ : माधव नेपाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफू पदको लागि मरिहत्ते गर्ने व्यक्ति नभएको बताएका छन् । पार्टी एकताका क्रममा दुई जना अध्यक्ष हुने प्रस्तावलाई अस्वीकार गरेर आफू सहसंयोजक बनेको नेता नेपाल...



