शुक्रबार, ०१ साउन २०८३
नेपाली

विदेशी मुद्राको विनिमयदर : डलर, युरो र पाउण्डको भाउ बढ्यो

Main News Image

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तोकेको नयाँ दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा कायम भएको छ ।

त्यसैगरी युरोपियन साझा मुद्रा युरो एकको खरिददर १७६ रुपैयाँ ४० पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ८० पैसा र बिक्रीदर २०८ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । स्वीस फ्रयाङ्क एकको खरिद नेपाली बजारमा आज १९० रुपैयाँ ५७ पैसामा हुँदा यसको बिक्री १९१ रुपैयाँ ३२ पैसामा हुनेछ ।

अन्य प्रमुख देशका मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ तथा सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८३ पैसा तोकिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा रहेको छ ।

mediabaaji add

सम्बन्धित खबर

आज सुनको भाउ स्थिर रहँदा चाँदीको घट्यो, प्रतितोला मूल्य कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ भने सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन पनि छापावाला सुनको यही मूल्यमा कारोबार भएको...

पिपुल्स हाइड्रोपावरले अपर हेवाखोलाको ५ लाख कित्ता सेयर बिक्री गर्ने

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख कित्ता सेयर बजारमार्फत बिक्री गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको सूचनामा सो सेयर नियमित दोस्रो बजार प्रणाली...

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

काठमाडौँ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले आफ्नो आपतकालीन तेल भण्डारबाट तेल तुरुन्तै बजारमा पठाउने जनाएको छ । विश्व बजारमा देखिएको अस्थिरता कम गर्न यस्तो कदम चालिएको जनाइएको छ । एजेन्सीद्वारा आइतबार ज...

एसवाई प्यानलको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौँ । एसवाई प्यानल लिमिटेडले कात्तिक १९ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४० लाख ७६ हजार १५६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

<...

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोलसय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५६...

कति छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३१ पैसा कायम भएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर एक सय आठ र...