डलर र युरोको भाउमा फेरबदल, यस्तो छ राष्ट्र बैंकको नयाँ दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ ।
यस्तै युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा कायम हुँदा युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५६ पैसा पुगेको छ। स्वीस फ्रयांकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलरको खरिददर १११ रुपैयाँ ५४ पैसा र बिक्रीदर १११ रुपैयाँ ९८ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ४७ पैसा तोकिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेप्सेमा पहिलो कारोबार मूल्यप्रति रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि
काठमाण्डौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले कम्पनीको सेयरको नेपाल स्टक एक्सचेन्ज नेप्सेले तोकेको पहिलो कारोबार मूल्य सीमा ओपनिङ रेन्जप्रति असन्तुष्टि जनाएको छ । विज्ञप्ति जारी गर्दै कम्पनीप्ले सेयरको ओपनिङ रेन्ज १०० देखि ३ सय रुपैयाँसम्म निर्धार...
एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको हो ।
...
जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन मिति थप गरिँदै
काठमाडौँ । विद्युत् खरिद-बिक्री सम्झौता पीपीए भइसकेर पनि विभिन्न कारणले अझै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन सुरु गर्ने अन्तिम मिति आरसीओडी थप गर्ने तयारी नेपाल विद्युत् प्राधिकरणले गरेको छ ।
प्रा...
तातोपानी र रसुवागढी खुलेपछि कोरलानाकाको कारोबार घट्यो
मुस्ताङ । तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएपछि मुस्ताङस्थित नेपाल–चीन उत्तरी कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ। मुस्ताङ भन्सार कार्यालयका अनुसार हाल कोरलानाकाबाट आउने मालवाहक कन्टेनर निकै कम भएका छन् र जाँचपासका लागि ८–...
नेप्से बढ्यो, १२१ कम्पनीको सेयर मूल्य बढ्दा परिसूचक २५ सय ९७ बिन्दुमा
काठमाडौँ । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । दिनभर उतारचढावमा रहेको बजार कारोबारको अन्तिम समयमा सुधारिएपछि नेप्से ७.५० अंक ०.२८ प्रतिशतले बढेर २ हजार ५९७.८० बिन्दु मा...
घट्यो हवाई भाडा !
काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई यात्रुका लागि न्यूनतम भाडा घटाएको छ । नेपाल आयल निगमले पुस १६ गतेदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि त्यसको असर हवाई भाडामा देखिएको हो । यसअघि प्र...



