बिहिबार, १८ भदौ २०८३
नेपाली

पत्रकार महासंघ दक्षिण कोरिया शाखाले ‘मन्त्री जगदीश खरेलसँग नेपाली समुदायसँग साक्षात्कार कार्यक्रम’ आयोजना गर्ने

Main News Image

काठमाडौँ,कात्तिक २२।दक्षिण कोरिया नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेल आगामी साता दक्षिण कोरिया भ्रमणमा आउदै छन्। मन्त्री खरेलको यो भ्रमणलाई ऐतिहासिक अवसरको रूपमा लिँदै नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले ‘मन्त्री जगदीश खरेलसँग नेपाली समुदायसँग साक्षात्कार कार्यक्रम’ आयोजना गर्ने भएको छ।

 

यस विशेष अवसरमा मन्त्री खरेलको प्रमुख आतिथ्यता रहनेछ भने कार्यक्रममा कोरियामा रहेका नेपाली पत्रकार, सञ्चारकर्मी, समुदायका अगुवाहरू र आम नेपालीको व्यापक उपस्थिति रहने अपेक्षा गरिएको छ।

 

नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाका अनुसार, यस साक्षात्कार कार्यक्रमको उद्देश्य प्रवासमा रहेका नेपाली पत्रकार र समुदायका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गर्ने, अनुभव र विचार साट्ने तथा सूचना र सञ्चार क्षेत्रमा सरकार र प्रवासी समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउने रहेको छ।

 

यस कार्यक्रमले कोरियामा रहेका नेपाली सञ्चारकर्मी र समुदायबीच नयाँ ऊर्जा, प्रेरणा र उत्साह थप्ने र प्रवासमा नेपाली पहिचान र पत्रकारिताको भूमिकालाई अझ सशक्त बनाउने विश्वास महासङ्घले व्यक्त गरेको छ।

 

कार्यक्रम आगामी नोभेम्बर १४ तारिख, शुक्रबार बेलुकी ७ बजे दक्षिण कोरियाको प्रसिद्ध सहर सुवनस्थित सराक एभरेस्ट रेस्टुरेन्टको सभाहलमा हुने आयोजक संस्थाले जानकारी दिएको छ।

mediabaaji add

सम्बन्धित खबर

भारतका विदेश सचिव विक्रम मिश्रीको कार्यकाल एक वर्ष थप

काठमाण्डौँ । भारत सरकारले विदेश सचिव विक्रम मिश्रीको कार्यकाल एक वर्षका लागि थप गरेको छ । भारत सरकारको मन्त्रिपरिषद्ले बुधबार जारी गरेको आदेशअनुसार भारतीय विदेश सेवा आईएफएस १९८९ ब्याचका अधिकारी मिश्रीको सेवा अवधि १४ जुलाई २०२६ पछि एक वर्षका लागि व...

शव व्यवस्थापनमा फ्रिजर र डीएनए किटको अभाव, अन्तर्राष्ट्रिय सहयोग माग्दै सरकार

काठमाडौँ । भोटेकोशी बाढीपछि संकलित शवहरू कुहिन थालेपछि सुरक्षित व्यवस्थापन सरकारका लागि मुख्य चुनौती बनेको छ । शव सुरक्षित राख्न कम्तीमा एक हजार जनासम्मको क्षमता भएको फ्रिजर र पर्याप्त डीएनए परीक्षण किट आवश्यक परेको भन्दै सरकारले विभिन्न देशसँग सह...