एनपिएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जीत
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएलमा सुदूरपश्चिम रोयल्सले आफ्नो तेस्रो जित दर्ता गरेको छ । सोमबार कीर्तिपुरको टियु क्रिकेट रङ्गशालामा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्यो । सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याउन पुगेको कर्णाली १९.२ ओभरमा अलआउट हुँदै ९४ रनमै समेटियो । टोलीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए भने मार्क वाटले १७, कप्तान सोमपाल कामीले १४ र गुल्शन झाले १३ रन जोडे।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४ विकेट हात पारे । हर्मित सिंह र अविनाश बोहराले समान २–२ विकेट लिए भने स्कटले १ विकेट थपे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। कप्तान ऐरीले ३९ रन योगदान दिए। आरिफ शेखले २७, हर्मित सिंहले १९, क्रिस लिनले १८, विनोद भण्डारीले ११ र स्कटले १० रन जोडे।
कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । नन्दन यादवले २ विकेट लिए भने मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एकरएक विकेट लिए ।
एक्सप्रेस
सम्बन्धित खबर
नगदको जमाना गयो ! गोल्डकप विजेतालाई अलैँची पुरस्कार
काठमाडौँ । ताप्लेजुङमा सम्पन्न भएको दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको विजेतालाई नगदको सट्टा एक सय ३१ केजी ९तीन मन ११ किलोग्राम० अलैँची पुरस्कार उपलब्ध गराइएको छ । बिहीबार भएको फाइनल खेलमा गणेश...
त्रिवि क्रिकेट रंगशाला ३५ दिनभित्र खाली गर्न अल्टिमेटम
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले त्रिवि क्रिकेट रगंशाला खाली गर्न नेपाल क्रिकेट संघ ९क्यान०लाई ३५ दिने अल्टिमेटम दिएको छ । अतिक्रमित जग्गा फिर्ता ल्याउन गत ४ वैशाखमा त्रिविले ३५ दिनको सूचना जारी गरेकोमा सो अन्तर्गत क्रिकेट रगंशाला पनि परेको छ ।...
इटालीविरुद्ध नेपालको लज्जास्पद हार
काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको दोस्रो खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ । नेपालले कमजोर आँकिएको इटालीसँग १० विकेटको हार बेहोरेको हो । पहिलो खेलमा दुई पटकको च्याम्पियन इङ्गल्याण्डमाथि च...
साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा सुरु हुँदैछ । आठौं संस्करणको साफ महिला च्याम्पियनसिप जित्ने लक्ष्यसहित नेपाली महिला राष्ट्रिय टोली मैदान उत्रँदैछ । नेपालले प्रतियोगिताको पहिलो खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।



