मङ्गलबार, १९ साउन २०८३
नेपाली

साताको पहिलो कारोबारमै सेयरबजारमा गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

Main News Image

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्सेका अनुसार परिसूचक १.२० अंकले घटेर २,६८४.३३ विन्दुमा कायम भएको हो । आज कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको सूचक बढ्दा ५ उपसमूहको सूचक घटेको छ। अधिकांश उपसमूहमा हरियाली देखिए पनि समग्र बजार भने सामान्य अंकले ओरालो लागेको हो । कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको २७ करोड ६२ लाख ८७ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

सोमबार एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ। यता, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्। कम्पनीको सेयर मूल्य ७.४० प्रतिशतले घटेको छ।

mediabaaji add

सम्बन्धित खबर

अमेरिकी डलरले आज पनि राख्यो उच्च विन्दुको रेकर्ड, एक डलरको नेपाली रुपैयाँ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ १५ पैसा र बिक्रीदर १४४ र...

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको म्याद तेस्रो पटक थप

काठमाण्डौँ । पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप गरिएको छ । पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी काठमाडौँसम्म जोड्ने यस राजमार्ग एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा चार वर्...

कति पुग्यो अस्ट्रेलियन डलरको मूल्य ? यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ र...

आज कुन देशको मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३...

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घटयो

काठमाडौँ । बिहीबार  सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा अडिएको छ । नेप्से परिसूचक घट्दा कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन बुधबार सेयर बजारमा ३०.०९ अंकले...

बागलुङका बगानमा पाके सुन्तला, किसानले पाएनन् उचित मूल्य

बागलुङ  । बागलुङका ग्रामीण क्षेत्रका सुन्तला बगान यतिबेला पहेँलै भएका छन् । तर, सुन्तला पाकेर बगान राम्रो देखिए पनि किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन्। व्यापारीहरू बगानमै आएर सुन्तला खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्...