बुधबार, ३१ असार २०८३
नेपाली

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीलाई चार र खाँणलाई दुई वर्ष कैद

Main News Image

काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले कसुरदार ठहर भएका मुख्य अभियुक्त र मतियारहरूको सजाय निर्धारण गरेको छ। अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहितका प्रतिवादीहरूको सजाय तोकेको हो ।

अदालतको फैसलाअनुसार टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ भने पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ ।

त्यसैगरी, यस प्रकरणका अर्का मुख्य कसुरदार पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ। पाण्डेलाई ठगीमा २ वर्ष कैद २० हजार जरिवाना, संगठित अपराधमा ३ वर्ष कैद ३० हजार जरिवाना० र राज्यविरुद्धको कसुरमा डेढ वर्ष कैद १५ हजार जरिवाना गरी एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार जरिवाना तोकिएको हो ।


mediabaaji add

सम्बन्धित खबर

वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने

रौतहट । धनुषा घटनापछि वीरगञ्जमा उत्पन्न तनाव न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार सर्वपक्षीय बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको बैठकले शान्ति सुरक्षा र सामा...

पैदलयात्री बृद्धालाई मुक्का हान्ने बम ७ दिनसम्म हिरासतमै

काठमाडौँ । पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालकलाई सात दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । मुक्का प्रहारको भिडियो भाइरल भएपछि मंगलबार पक्राउ परेका ४२ वर्षीय पारस बमलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय क...

हनिट्रयाप प्रकरण : इन्स्पेक्टर शाहीसहित ५ जनाले पाए सफाइ

काठमाडौँ । भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोप लागेको प्रकरणमा नेपाल प्रहरीकी इन्स्पेक्टर बिनु शाहीसहित ५ जनाले अदालतबाट सफाइ पाएका छन् । मंगलबार ललितपुर जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले शाहीसहित भिमा...

काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट ५७ लाखको धनमाल चोरी

काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट सोमबार एकैदिन लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न पाँच स्थानबाट सुनका गरगहना र नगदसहित करिब ५७ लाख रुपैयाँ बराबरको धनमा...

हनी ट्र्यापबाट साढे ६ करोड ठगीको आरोप लागेकी टिकटकर तुलसा अधिकारी पक्राउ

काठमाडौँ । अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन इन्टरपोलबाट रातो सूची रेड नोटिस जारी भएकी चर्चित टिकटकर तुलसा अधिकारी भन्ने तुलसी अधिकारी थाइल्यान्डमा पक्राउ परेकी छिन् । थाइल्यान्डमा पक्राउ परेकी उनलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याएर अहिले...

मलद्वारमा सुन बोकेर बैंककबाट आएका भारतीय नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ९० ग्राम सुनसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्दाजी ४५ वर्षीय राहदानी नम्बर बि ६६४४९३४ बाहक नर्पतसिंह सोलङ्की रहेको प्रहरीले जनाएको...