दुईपटकको विश्व विजेता वेस्ट इन्डिजसँग भिड्दै नेपाल, सुपर एट सम्भावना बचाउने चुनौती
काठमाण्डौँ । आईसीसी टी-२० विश्वकपअन्तर्गत आज आइतबार समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल दुईपटक विश्वकप जितेको वेस्ट इन्डिजसँग भिड्दै छ । भारतको मुम्बईस्थित वानखेडे रगंशालामा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघिका २ खेलमा लगातार पराजित नेपाली क्रिकेट टोली आज बलियो टोली वेस्ट इन्डिजलाई हराउँदै पहिलो जित दर्ता गराउने दाउमा हुनेछ ।
पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भए पनि नेपालको प्रदर्शनको प्रशंसा भएको थियो। तर दोस्रो खेलमा नेपालले इटालीसँग १० विकेटको फराकिलो हार बेहोर्यो। जसलाई लज्जास्पद अवस्था मानियो। आजको खेल पनि हारेमा नेपाल सुपर ८ मा पुग्ने सम्भावना सकिनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
आयो साफ यू–२० च्याम्पियनशिपको खेल तालिका, नेपाल समूह ‘ए’ मा
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङघ साफले माल्दिभ्समा आयोजना हुने साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । आगामी मार्च २३ देखि अप्रिल ४ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभ...
एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग ९एनपील० को फाइनल खेलका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले एनपीलको फाइनललाई नेपाली खेलकुदका ल...
एनपीएल : लुम्बिनीले जिते जनकपुरसँगै बाहिरिनेछन् पोखरा र चितवन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । छ खेलबाट छ अङ्क जोडेको लुम...



