बिहिबार, १८ भदौ २०८३
नेपाली

विद्युत पोल नहट्दा पोखरा-मुग्लिन सडक विस्तार प्रभावित

Main News Image

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल नहट्दा पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा खण्डको निर्माण प्रभावित भएको छ । कुँडहरमा रहेको विद्युत् सबस्टेसनबाट विमानस्थलको प्रवेशमार्गसम्मका २९ वटा पोल नहट्दा सडकको सर्भिस लेन र फुटपाथ निर्माण हुन नसकेको हो ।

सडक आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले विद्युत्का पोल हटाउन पटकपटक विमानस्थल कार्यालय र नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिए पनि कुनै सुनुवाइ नभएको बताए । विमानस्थलले कुँडहरचोकबाट आफ्नै संरचना बनाएर डेडिकेटेड लाइनमार्फत लगेको विद्युत् उपयोग गर्दै आएको छ ।

mediabaaji add

सम्बन्धित खबर

नेप्सेमा ८.९७ अंकको वृद्धि, ११ अर्ब १० करोड माथिको कारोबार

काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक  ८.९७ अंकले बढेर २६७१.०७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १० करोड २५ लाखको सेयर कारोबार भएको छ । आज १३८ कम्पनीको स...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३७ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि...

भोटेकोशी बाढीबाट विद्युत् क्षेत्रमा ठूलो क्षति, ४३१ मेगावाटका १२ आयोजना बन्द

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ। बाढीले विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुर्‍याएपछि विद्युत् आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।...

नेप्सेमा ३९.९२ अंकको वृद्धि, ६ अर्ब २८ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३९.९२ अंकले बढेर २६००.२२ को विन्दुमा कायम भएको छ ।  आज दिनभरिमा ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड माथिको सेयर कारोबार...

विदेशी मुद्राको विनिमय दर : डलर, युरो र पाउण्डको भाउ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ दररेट अनुसार अमेरिकी डलर एकको खरिद दर १५४ रुपैयाँ २२ पैसा र बिक्री दर १५४ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

यसैगरी, युरोपि...

नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्र

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ का नौ महिनामा सरकारले करिब ५४ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका निम्ति सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । त्यसमध्ये चैतसम्म सरकारले १० खर्ब ५९ अर्ब बजेट खर्च गरेको अर्थ मन्त्रालयअ...